२०८३ असार २
June 16, 2026, Tuesday

‘मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्छ’

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुुभएको थियो ।

Advertisement

मेलमिलाप केन्द्र र न्यायिक समितिमा आउने मुद्दाको प्रकृति, त्यसको व्यवस्थापन, विवाद निरुपणबाट भएको सकारात्मक पक्ष र चुनौतिका विषयमा छलफल भएको थियो । जिल्ला अदालत म्याग्दीका न्यायाधिश कृष्णप्रसाद नेपालले मेलमिलापकर्ता र न्यायिक समितिप्रति विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो ।

“न्याय माग्न नागरिक नआउनु भनेको समाजमा सबैले न्याय पाएको र कोही अन्यायमा नरहेको भनेर बुझ्नु भएन,” उहाँले भन्नुभयो “साँच्चिकै समाजमा न्याय भइरहेको छ भने त त्यो ठिक छ तर थिचो, मिचो र हिंसा सहेर बसेका हुन भने त्यसलाई दुःखको विषय मान्नुपर्छ ।”
न्यायालयमा जाँदा न्याय पाइन्छ भन्ने विश्वास दिलाउनु सबैको दायित्व हुने न्यायाधिस नेपालले बताउनुभयो । न्यायकर्मी कानुनको दास भएर काम गर्नुपर्ने बताउदै न्याय सम्पादन गर्नेले आफ्नो र पराई नभनी न्यायालयको गरिमा र विश्वासलाई बचाउने गरि काम गर्नुपर्ने न्यायाधिश नेपालले बताउनुभयो ।

उहाँले जथाभावी सिफरिस नगर्न आग्रह गर्दै, फैसला कार्यान्वयन, म्याद तामेली जस्ता कार्यमा जनप्रतिनिधिहरबाट सहयोगको अपेक्षा गर्नुभयो । जिल्ला सरकारी वकिल कार्यालयका न्याधिवक्ता खेमराज पाठकले न्यायिक समिति, अदालत र अर्धन्यायिक समितिले आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।

न्यायिक समिति र मेलमिलाप केन्द्रसँग सम्बन्धित मुद्दामा अदालत जानुपर्ने अवस्था आउन नदिन आग्रह गर्नुभयो । धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले वडामा रहेका मेलमिलाप कर्ताहरुलाई सक्रीय बन्न र सूचिकृत हुन आग्रह गर्नुभयो ।

मेलमिलाप केन्द्रलाई थप प्रभावकारी बनाइने उपाध्यक्ष पुनले बताउनुभयो । गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएका ४ वटा सहित चालु आर्थिक वर्षको पाँच महिनामा ८ वटा मुद्दा दर्ता भएकोमा दुई वटा मेलमिलाप र दुई वटा निर्णय मार्फत फस्यौट गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि वडा अध्यक्षहरुले मेलमिलाप केन्द्रमा आउने मुद्दाका प्रकृति, त्यसको व्यवस्थापन र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो । गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, जिल्ला अदालतका श्रेष्तेदार, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP