२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

सातौं करबीर मेमोरियल कपको उपाधी गौवमवस्त माविलाई

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको आयोजनामा मंगलवार सम्पन्न सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिताको उपाधी देविस्थानको गौवमवस्त माविले जितेको छ ।

Advertisement


विद्यालयको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित सातौं करबीर मेमोरियल फुटसल प्रतियोगितामा गौवमवस्त माविले आयोजक के.वि एकेडेमी ‘ए’ लाई तीनका विरुद्ध दुई गोलले पराजित गर्दै विजेता बन्न सफल भएको हो ।
जिल्लाका २० ओटा विद्यालय सहभागि उक्त प्रतियोगिताको सेमीफाइनल खेलमा बेनी सामुदायिक माविलाई पराजित गर्दै गौवमवस्त मावि फाइनलमा प्रवेश गरेको थियो । यसैगरी के.वि एकेडेमी र न्यू वेष्ट प्वाइन्ट मावि विच भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा अग्रता लिँदै के.वि एकेडेमी फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा विजयी वन्न सफल गौवमवस्त माविले रु ३० हजार,तीनसय,३० नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता बनेको के.वि एकेडेमीले रु २० हजार,दुईसय,२२ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


सोही अवसरमा आयोजित महिला फुटबलतर्फ जनप्रिय टोल विकास महिला समूह विजेता बनेको छ । शान्ति टोल महिला समूह र जनप्रिय टोल महिला समूह विच भएको फाइनल खेलमा पेनाल्टी सुट आउटमा अग्रता लिँदै जनप्रिय टोल विजेता बन्न सफल भएको हो । महिला फुटबलमा विजेता बन्न सफल जनप्रिय टोल महिला समूहले नगद रु नगद रु १२ हजार १२ र उपविजेता शान्ति टोल महिला समूहले रु ७ हजार ७ का साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।


त्यसैगरी अन्तरमावि फुटसल प्रतियोगितामा वेष्ट टिमको उपाधी न्यू वेष्टप्वाइन्ट,सर्वाधिक गोलकर्ता (१६ गोल) न्यू वेष्ट प्वाइन्ट कै खेलाडी समन थापा,वेष्ट गोलकिपर गौवमवस्त मावि,वेष्ट डिफेन्डर के.वि एकेडेमी,वेष्ट प्लेयर गौवमवस्त माविका खेलाडीले जित्न सफल भएका छन् ।

गत शुक्रवारदेखि सुरु भएको कार्यक्रमको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्षत बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई विद्यालयका संचालक÷निर्देशक हिरावहादुर पुन,प्रिन्सिपल विमल शर्मा,स्थानीय समाजसेवी एवम् प्रथम पुरस्कारका प्रायोजक नारायण पौडेल लगाएतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा जनप्रिय टोलका कलाकारहरुले लोपोन्मुख मारुनी नृत्य पनि प्रस्तुत गरेका थिए ।


विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले निर्माणगरेका शैक्षिक,साहित्यिक,प्राविधिक र विज्ञान सम्वन्धि विभिन्न सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
सोही अवसरमा ‘मौनतामा परिश्रम,सफलतामा आवाज’ भन्ने स्लोगनका साथ आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल प्रतियोगिताको संचालन विद्यालयका शिक्षक मिनबहादुर सुनारले गर्नुभएको थियो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP