२०८३ असार २
June 16, 2026, Tuesday

दुखुबेसीमा निर्मित खेलमैदान उद्घाटन

म्याग्दीको मालिका गाउँपालिका-६ दुखुबेसीमा रहेको मितेरी यूवा क्लवको नवनिर्मित खेलमैदान एक समारोहका बिच उद्घाटन गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा करिब ४० लाख रुपैयाँको लागतमा क्लवले निर्माण गरेको  खेलमैदान गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलमैदानको उद्घाटन उद्घाटन गर्नुभयो ।

Advertisement

खेलमैदानको अभावका कारण स्थानीय सती आधारभुत विद्यालयमा खेल खेल्ने गरिएकोमा अब ब्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय खेलप्रेमी उत्साहित भएका छन् । खेलमैदानमा भलिबल, फुटबल लगायतका खेलकुद गतिविधि सञ्चालनमा सहज भएको छ ।

Advertisement

खेलमैदानको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष गर्बुजा खेलमैदानको पूर्णताका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले एक वड एक खेलमैदान ब्यवस्थित गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।

खेलमैदान उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, पूर्व वडा अध्यक्ष सन्तनाथ सुबेदीले मन्तब्य राख्नु्भएको थियो । खेलकुद, सामाजिक एवम् विकास निर्माणको क्षेत्रमा सक्रिय रहेको क्लवले आयोजना गरेको ५ औं मितेरी कप समेत सुरु भएको छ ।

कपमा महिला, पुरुष भलिबल, महिला, पुरुष फुटबल, पौैड भलिबल, ताराखेल लगायतका खेल सञ्चालन भइरहेको छ । खेलमैदानको उद्घाटन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष हिमाल गुरुङ, स्वागत सदस्य किस्मत रोका र सञ्चालन संस्थापक अध्यक्ष राजु जुग्जालीले गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP