म्याग्दीको मालिका गाउँपालिका-६ दुखुबेसीमा रहेको मितेरी यूवा क्लवको नवनिर्मित खेलमैदान एक समारोहका बिच उद्घाटन गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा करिब ४० लाख रुपैयाँको लागतमा क्लवले निर्माण गरेको खेलमैदान गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलमैदानको उद्घाटन उद्घाटन गर्नुभयो ।
खेलमैदानको अभावका कारण स्थानीय सती आधारभुत विद्यालयमा खेल खेल्ने गरिएकोमा अब ब्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय खेलप्रेमी उत्साहित भएका छन् । खेलमैदानमा भलिबल, फुटबल लगायतका खेलकुद गतिविधि सञ्चालनमा सहज भएको छ ।
खेलमैदानको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष गर्बुजा खेलमैदानको पूर्णताका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले एक वड एक खेलमैदान ब्यवस्थित गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।
खेलमैदान उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, पूर्व वडा अध्यक्ष सन्तनाथ सुबेदीले मन्तब्य राख्नु्भएको थियो । खेलकुद, सामाजिक एवम् विकास निर्माणको क्षेत्रमा सक्रिय रहेको क्लवले आयोजना गरेको ५ औं मितेरी कप समेत सुरु भएको छ ।
कपमा महिला, पुरुष भलिबल, महिला, पुरुष फुटबल, पौैड भलिबल, ताराखेल लगायतका खेल सञ्चालन भइरहेको छ । खेलमैदानको उद्घाटन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष हिमाल गुरुङ, स्वागत सदस्य किस्मत रोका र सञ्चालन संस्थापक अध्यक्ष राजु जुग्जालीले गर्नुभएको थियो ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...