२०८३ बैशाख २१
May 4, 2026, Monday

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुबेदी निर्विरोध, अन्य पदका लागि सहमती हुदै

नेकपा एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध चयन हुनुभएको छ । (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनबाट सुबेदी अध्यक्षमा निर्विरोध निर्वाचत हुनुभएको हो । आइतबार सम्पन्न भएको अधिवेशनबाट निर्वतमान उपाध्यक्ष सुबेदीको मात्रै अध्यक्षमा उम्मेदवारी परेको हो । अन्य पदका लागि भने सहमतीको प्रयास भएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

उपाध्यक्ष, सचिव सहितका अन्य पदहरुमा भने टुंगिना बाँकी रहेको छ । निर्वाचित अध्यक्ष नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको बन्दसत्र बेनीमा जारी छ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा अन्य पदाधिकारीमा भने आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अन्य उपाध्यक्ष ,सचीव र उपसचिव पदका लागी भएको लामो छलफल र प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा जाने तयारी छ ।

Advertisement

उपाध्यक्षमा २ ,सचिवमा २ र उपसचिवमा दुई पदका लागी चार जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।उपाध्यक्षमा निवर्तमान प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिका मेयर सुरत केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । केसी निवर्तमान सचीव समेत हुनुहुन्छ ।

सचीवमा निवर्तमान उपसचिव तथा निवर्तमान धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्की( दिपक बिखर्ची )तथा उपसचिवमा रामप्रसाद सुवेदी ,खड्ग गिरी ,बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गर्नुभएको प्रमुख अधिकृत बिवश क्षेत्रीले जानकारी दिनुभयो । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि सहभागी छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० माघ १४, आईतवार १२:४३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० माघ १४, आईतवार १२:४३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० माघ १४, आईतवार १२:४३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP