२०८१ फाल्गुन ५
February 17, 2025, Monday

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुबेदी निर्विरोध, अन्य पदका लागि सहमती हुदै

नेकपा एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध चयन हुनुभएको छ । (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनबाट सुबेदी अध्यक्षमा निर्विरोध निर्वाचत हुनुभएको हो । आइतबार सम्पन्न भएको अधिवेशनबाट निर्वतमान उपाध्यक्ष सुबेदीको मात्रै अध्यक्षमा उम्मेदवारी परेको हो । अन्य पदका लागि भने सहमतीको प्रयास भएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

उपाध्यक्ष, सचिव सहितका अन्य पदहरुमा भने टुंगिना बाँकी रहेको छ । निर्वाचित अध्यक्ष नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको बन्दसत्र बेनीमा जारी छ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा अन्य पदाधिकारीमा भने आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अन्य उपाध्यक्ष ,सचीव र उपसचिव पदका लागी भएको लामो छलफल र प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा जाने तयारी छ ।

उपाध्यक्षमा २ ,सचिवमा २ र उपसचिवमा दुई पदका लागी चार जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।उपाध्यक्षमा निवर्तमान प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिका मेयर सुरत केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । केसी निवर्तमान सचीव समेत हुनुहुन्छ ।

सचीवमा निवर्तमान उपसचिव तथा निवर्तमान धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्की( दिपक बिखर्ची )तथा उपसचिवमा रामप्रसाद सुवेदी ,खड्ग गिरी ,बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गर्नुभएको प्रमुख अधिकृत बिवश क्षेत्रीले जानकारी दिनुभयो । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि सहभागी छन् ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० माघ १४, आईतवार १२:४३

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० माघ १४, आईतवार १२:४३

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० माघ १४, आईतवार १२:४३

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP