२०८३ भाद्र १०
August 26, 2026, Wednesday

बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो

बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ ।

Advertisement

बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग, दरबाङ बोर्डिङ्ग, केबी एकेडेमी र बालमन्दिर मावि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पर्बत बेनीको न्यू होराइजनले म्याग्दी एकेडेमीलाई १–४ गोल प्रहार गदैं क्वाटर फाइनलमा प्रवेश गरेको न्यू होराइजन केबी एकेडेमी दरबाङसँग सुन्य का बिरुद्ध ७ गोल खादै मैदानबाट बाहिरिएको छ । त्यस्तै क्वाटर फाइनलका खेलमा बालमन्दिरले गलेश्वर आर्दश माविलाई ०–८ गोल, बेनी बोर्डिङले न्यू वेष्ट पोइन्ट आवासीय माविलाई २–१ गोल अन्तरमा पराजित गर्यो ।


क्वाटरफाइनलकै अर्को खेलमा दरबाङ बोर्डिङले लिटल गार्डेन एकेडेमीलाई २–० गोल प्रहार गदैं सेमिफाइनलमा प्रवेश गर्नबाट रोकेको छ । यसैगरी क्वाटरफाइनलमा बालमन्दिर माविले माउण्ट एभरेष्ट आवासीय माविलाई २–० को अन्तरले रोक्दै सेमिफाइनलको यात्रा तय गरेको छ । जारी प्रतियोगितामा सामुदायिक विद्यालयबाट सेमिफाइनलमा प्रवेश गर्ने बालमन्दिर मावि कालिपुल मात्रै छ ।

सेमिफाइनलको खेल शुक्रबार विहान ८ बजेदेखि हुने बेनी बोर्डिङ्गका लेखापाल बिशाल खत्रीले बताए । प्रतियोगितामा म्यान अफ दी म्याच घोषित भएका खेलाडीलाई बेनी बोर्डिङका संस्थापक रेशम बानियाँले पुरस्कार वितरण गरेका थिए । प्रयोगितामा विद्यार्थीलाई कुलतमा फस्न नदिने सन्देश तथा रचनात्मक कार्यमा प्रोत्साहन गर्ने नारासहित खेलाडीलाई मैदानमा प्रवेश गराइएको विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले बताए ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । बि(स २०७९ साल चैत्र २६ गते स्वर्गारोहण भएका विद्यालयका विद्यार्थी हिमाल रोकाको स्मृतिमा आयोजित प्रतियोगिताको फाइनल समेत शुक्रबार दिउँसो दुईबजे देखि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु ३० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट विधामा समेत ट्रफी र प्रमाणपत्र समेत वितरण गरिने छ ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP