म्याग्दीका सामाजिक तथा राजनीतिक व्यक्तित्व लालु किसान नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहिबार काठमाडौमा किसानलाई माओवादीमा स्वागत गर्नुभएको हो । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान दश वर्षअघि माओवादी विभाजन हुदा मोहन वैद्य समुह हुदै नेत्र विक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपामा आवद्ध हुनुभएको थियो ।
पछिल्लो समय विप्लप नेतृत्वका नेकपामा निश्क्रीय रहेका किसान दश वर्षपछि मुल पार्टीमा फर्किदा माओवादीका नेता कार्यकर्ताहरु उत्साहीत बनेका छन् । दश वर्षे जनयुद्धमा भूमिगत भएर जनमुक्ति सेनाको कमाण्डर बनेका किसान तत्कालीन माओवादी पार्टीको मगरात राज्य समिति सदस्य हुनुहुन्थ्यो ।
किसानले उत्पीडित समुदायको पक्षमा पैरवीका लागि नेतृत्व गर्दै आउनुभएको छ । उहाँले प्रभावशाली र बैचारिक नेताका रुपमा चिन्ने गरिन्छ ।
किसानसँगै माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर बिक, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा जिल्ला संयोजक रेशम बहादुर जुग्जाली, पोखरा महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान), विषेश प्रदेश सदस्य अर्जुन थापा, नेता धनलाल जैसी लगायत म्याग्दीका नेताहरुले प्रधानमन्त्री दाहालसँग भेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा पार्टीको गतिबिधी, विकास निर्माण र समसामयिक विषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन् । नेता किसानले परिवर्तनको पक्षधर शक्तिहरु एकिकृत भएर राजनीतिक अधिकारको रक्षा, संस्थागत गर्दै आर्थिक, सामाजिक रुपान्तरणको मुद्दामा अग्रसर हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...