२०८१ चैत्र ३
March 16, 2025, Sunday

म्याग्दीका लालु किसान माओवादी केन्द्रमा फर्किए

म्याग्दीका सामाजिक तथा राजनीतिक व्यक्तित्व लालु किसान नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ ।

Advertisement

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहिबार काठमाडौमा किसानलाई माओवादीमा स्वागत गर्नुभएको हो । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान दश वर्षअघि माओवादी विभाजन हुदा मोहन वैद्य समुह हुदै नेत्र विक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपामा आवद्ध हुनुभएको थियो ।

पछिल्लो समय विप्लप नेतृत्वका नेकपामा निश्क्रीय रहेका किसान दश वर्षपछि मुल पार्टीमा फर्किदा माओवादीका नेता कार्यकर्ताहरु उत्साहीत बनेका छन् । दश वर्षे जनयुद्धमा भूमिगत भएर जनमुक्ति सेनाको कमाण्डर बनेका किसान तत्कालीन माओवादी पार्टीको मगरात राज्य समिति सदस्य हुनुहुन्थ्यो ।

किसानले उत्पीडित समुदायको पक्षमा पैरवीका लागि नेतृत्व गर्दै आउनुभएको छ । उहाँले प्रभावशाली र बैचारिक नेताका रुपमा चिन्ने गरिन्छ ।

किसानसँगै माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर बिक, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा जिल्ला संयोजक रेशम बहादुर जुग्जाली, पोखरा महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान), विषेश प्रदेश सदस्य अर्जुन थापा, नेता धनलाल जैसी लगायत म्याग्दीका नेताहरुले प्रधानमन्त्री दाहालसँग भेटघाट गर्नुभएको छ ।

भेटघाटका क्रममा पार्टीको गतिबिधी, विकास निर्माण र समसामयिक विषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन् । नेता किसानले परिवर्तनको पक्षधर शक्तिहरु एकिकृत भएर राजनीतिक अधिकारको रक्षा, संस्थागत गर्दै आर्थिक, सामाजिक रुपान्तरणको मुद्दामा अग्रसर हुनुपर्ने बताउनुभयो ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० फाल्गुन ३, बिहीबार ०४:२७

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० फाल्गुन ३, बिहीबार ०४:२७

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० फाल्गुन ३, बिहीबार ०४:२७

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP