२०८३ बैशाख २०
May 3, 2026, Sunday

छिमेक लघुवित्तद्धारा आयोजित आधारभुत च्याउ खेती तालिम सम्पन्न

Advertisement

पर्वतको जलजला गाउँपालिका–६,दिपमा तीन दिने आधारभुत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाका कार्यालय जलजलाद्धारा आयोजित तीन दिने आधारभुत च्याउ खेती तालिम शनिबार सम्पन्न भएको हो ।

Advertisement

तालिम फागुन ३ गतेदेखि सुरु भएको थियो । तालिममा बित्तिय संस्थाका ग्राहक सदस्य तथा अभिभावक गरी ३५जनाको सहभागी रहेको कार्यक्रम संयोजक एवं संस्थाका शाखा प्रबन्धक लक्ष्मण पाठकले जानकारी दिनुभयो ।

शाखा प्रवन्धक तथा तालिम संयोजक पाठकले सहजिकरण गर्नुभएको तालिममा जलजला गाउँपालिकाका नायब प्राबिधिक सहायक जिवन लामाले सहभागीलाई प्रशिक्षण गराउनुभएको थियो । छिमेक लघुबित्त बित्तिय संस्थाले सात वटै प्रदेशमा तालिम विभाग गठन गरेर बित्तिय संस्थाको ग्राहक सदस्य तथा अभिभावकहरुका लागि सिपमुलक तालिम संचालन गरिरहेको छ ।

अहिलेसम्म छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेडले ६९ वटा जिल्लामा १९७ शाखा मार्फत कुल सदस्य ४१५६७३ जनालाई बित्तिय सेवा प्रदान गरेको छ ।चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुल बचत ३१ अर्ब ८८ करोड ८९ लाख ६७ हजार ८ सय २१ रहेको संस्थाले ३३ अर्ब ७२ करोड ४५ लाख ८ हजार ८ सय ९७ रुपैयाँ ऋण लगानी गरेको छ । भने ऋणी सदस्य संख्या २,०५,३५६ रहेका छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० फाल्गुन ५, शनिबार १६:५२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० फाल्गुन ५, शनिबार १६:५२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० फाल्गुन ५, शनिबार १६:५२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP