२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

छिमेक लघुवित्तद्धारा आयोजित आधारभुत च्याउ खेती तालिम सम्पन्न

Advertisement

पर्वतको जलजला गाउँपालिका–६,दिपमा तीन दिने आधारभुत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाका कार्यालय जलजलाद्धारा आयोजित तीन दिने आधारभुत च्याउ खेती तालिम शनिबार सम्पन्न भएको हो ।

Advertisement

तालिम फागुन ३ गतेदेखि सुरु भएको थियो । तालिममा बित्तिय संस्थाका ग्राहक सदस्य तथा अभिभावक गरी ३५जनाको सहभागी रहेको कार्यक्रम संयोजक एवं संस्थाका शाखा प्रबन्धक लक्ष्मण पाठकले जानकारी दिनुभयो ।

शाखा प्रवन्धक तथा तालिम संयोजक पाठकले सहजिकरण गर्नुभएको तालिममा जलजला गाउँपालिकाका नायब प्राबिधिक सहायक जिवन लामाले सहभागीलाई प्रशिक्षण गराउनुभएको थियो । छिमेक लघुबित्त बित्तिय संस्थाले सात वटै प्रदेशमा तालिम विभाग गठन गरेर बित्तिय संस्थाको ग्राहक सदस्य तथा अभिभावकहरुका लागि सिपमुलक तालिम संचालन गरिरहेको छ ।

अहिलेसम्म छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेडले ६९ वटा जिल्लामा १९७ शाखा मार्फत कुल सदस्य ४१५६७३ जनालाई बित्तिय सेवा प्रदान गरेको छ ।चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुल बचत ३१ अर्ब ८८ करोड ८९ लाख ६७ हजार ८ सय २१ रहेको संस्थाले ३३ अर्ब ७२ करोड ४५ लाख ८ हजार ८ सय ९७ रुपैयाँ ऋण लगानी गरेको छ । भने ऋणी सदस्य संख्या २,०५,३५६ रहेका छन् ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० फाल्गुन ५, शनिबार १६:५२

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० फाल्गुन ५, शनिबार १६:५२

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० फाल्गुन ५, शनिबार १६:५२

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP