२०८३ असार १०
June 24, 2026, Wednesday

कालिगण्डकी नदीमा खोज तथा उद्धारको अभ्यास (फोटो फिचर)

म्याग्दी र कालिगण्डकी नदीको दोभानमा शुक्रबार विहान सशस्त्र प्रहरी बलले खोज तथा उद्धारको नमूना प्रदर्शन गरेको छ । नदीमा बगाएको, डुबेर बेपत्ता भएको र घाईते अवस्था लगायतका बारेमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा जिल्लाका जनप्रतिनिधि, सरोकारवाला निकाय लगायतको उपस्थितिमा अभ्यास गरिएको छ ।

Advertisement

कालीगण्डकी नदीमा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म लैजाने बिधिका बारेमा प्रर्दशन गरिएको थियो । अभ्यासको क्रममा अपातकालिन अवस्थामा गरिने सबै विधिको प्रर्दशन गरिएको थियो ।

Advertisement

म्याग्दी र पर्वतबेनीतर्फबाट शसस्त्रले जोखिमपूर्ण अभ्यासमार्फत उद्धार गरेको थियो । उद्धारको अवलोकन गर्न सर्वसधारण र विद्यार्थी समेत कालिगण्डकी नदीमा पुगेका थिए । गण्डकी प्रदेशको लाइफलाइन मानिने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना समेत गरिएको अवस्थामा समुदायस्तरमा समेत विपद्मा समेत सहज हुने गरी म्याग्दीका स्थानीय तहबाट पाँच÷पाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम समेत दिइएको छ ।

तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना गरेपछि शसस्त्र प्रहरीको टोलीले पहिलोपटक सिमुलेशन गरेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरले जनाएको छ । म्याग्दीमा दुर्घटना, बाढीपहिरो, नदीमा डुबेकोको अवस्थमा बेपत्ता भएकाहरुको अवस्थामा खोज तथा उद्धारका लागि पर्वत, पोखरा र कुरिनटारबाट सशस्त्र प्रहरी बलको टोली खटिने गरेको थियो ।

Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP