निजि क्षेत्रको छाता संस्था म्याग्दी उद्योग बाणिज्य संघले स्थापना गरेको हितकोषमा एक लाख सहयोग गरिएको छ ।
बेनी नगरपालिका–७ मा रहेको धर्म नारायण ईन्टरप्राईजेजका संचालक तथा संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएको सुविन श्रेष्ठले कोषलाई एक लाख सहयोग गर्नुभएको हो ।
उक्त रकम संघको ३० औं साधारण सभा एवम् १२ औं अधिवेशनको अवसरमा संघका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तातरण गर्नुभएको हो । हितकोषबाट संघमा दर्ता भएका जिल्लाका ब्यवसाय संचालकलाई आपतकालिन रुपमा दैविक प्रकोप, आगोलागि, भू–क्षय लगायतका समस्या देखिएमा सो कोषबाट सहयोग गरिने छ ।
आपतकालिन रुपमा ब्यवसायका संचालकमा समस्या देखिएमा ७५ हजार, उद्योगमा क्षति भएमा अधिकत्तम ५० हजार र संघको दर्तामा उल्लेखित संचालका सदस्यलाई केही भएमा २५ हजार रुपैयाको दरमा उपलब्ध गराउने ब्यवस्था रहेको संघले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...