निजि क्षेत्रको छाता संस्था म्याग्दी उद्योग बाणिज्य संघले स्थापना गरेको हितकोषमा एक लाख सहयोग गरिएको छ ।
बेनी नगरपालिका–७ मा रहेको धर्म नारायण ईन्टरप्राईजेजका संचालक तथा संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएको सुविन श्रेष्ठले कोषलाई एक लाख सहयोग गर्नुभएको हो ।
उक्त रकम संघको ३० औं साधारण सभा एवम् १२ औं अधिवेशनको अवसरमा संघका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तातरण गर्नुभएको हो । हितकोषबाट संघमा दर्ता भएका जिल्लाका ब्यवसाय संचालकलाई आपतकालिन रुपमा दैविक प्रकोप, आगोलागि, भू–क्षय लगायतका समस्या देखिएमा सो कोषबाट सहयोग गरिने छ ।
आपतकालिन रुपमा ब्यवसायका संचालकमा समस्या देखिएमा ७५ हजार, उद्योगमा क्षति भएमा अधिकत्तम ५० हजार र संघको दर्तामा उल्लेखित संचालका सदस्यलाई केही भएमा २५ हजार रुपैयाको दरमा उपलब्ध गराउने ब्यवस्था रहेको संघले जनाएको छ ।
म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...
धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...