२०८३ असार १०
June 24, 2026, Wednesday

बुद्ध एकेडेमीको १७ औं अभिभावक दिवस सम्पन्न

‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १७ र्औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको छ । तीन दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी बिहीबार वार्षिकोत्सव समारोहको समापन गरेको हो ।

Advertisement

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले शिक्षा र स्वास्थ्यमा जति लगानी गरेपनि त्यो लगानी खेर नजाने हुँदा लगानी वृद्धिगर्दै गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनका लागि नीजि विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यले नीजि विद्यालयहरुलाई सौतिलो व्यवहार नगरी सहयोगि भूमिका निर्वाहा गर्न उहाँले आग्रह गर्नुभयो ।

Advertisement

कार्यक्रमका वक्ताहरुले बुद्ध एकेडेमीले शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै यस्तै गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल थमबहादुर रोकाले अतिथी एवम् उपस्थित अभिभावकहरुलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा र अनुशासनमा विद्यालयले कसैसंग कुनै किसिमको सम्झौता नगर्ने र बुद्ध एकेडेमीलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका संचालक एवम् लेखा प्रमुख देवी थापाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक सुधारमा समेत विशेष ध्यान दिइने बताउनुभयो । सोही अवसरमा विभिन्न शिक्षक, अभिभावक र विद्यार्थीहरुका छुट्टाछुट्टै खेलकुद प्रतियोगिताका विजयी एवं विद्यालयका विभिन्न आन्तरिक प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरियो । कार्यत्रममा अभिभावक तथा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।

Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP