२०८३ असार २
June 16, 2026, Tuesday

बेनी नगर र डिभिजन वन कार्यालयलाई सम्मान

म्याग्दीका दुई कार्यालयलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई सम्मान गरिएको हो । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनमा आर्थिक बर्ष २०७९÷०८० मा बेनी नगरपालिका कार्य सम्पादन सुचकहरुको आधारमा ६९ दशमलब २७ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट बन्न सफल भएको र गत आर्थिक बर्षमा नै गण्डकी प्रदेश सरकारको नमुना कार्यालय छनौट कार्यविधि अनुसार डिभिजन वन कार्यालय म्याग्दी उत्कृष्ट कार्यालय बन्न सफल भएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल र डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेशसभा सदस्य रेशम जुग्जाली र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले प्रसंसा पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP