२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

बेनी नगर र डिभिजन वन कार्यालयलाई सम्मान

म्याग्दीका दुई कार्यालयलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई सम्मान गरिएको हो । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनमा आर्थिक बर्ष २०७९÷०८० मा बेनी नगरपालिका कार्य सम्पादन सुचकहरुको आधारमा ६९ दशमलब २७ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट बन्न सफल भएको र गत आर्थिक बर्षमा नै गण्डकी प्रदेश सरकारको नमुना कार्यालय छनौट कार्यविधि अनुसार डिभिजन वन कार्यालय म्याग्दी उत्कृष्ट कार्यालय बन्न सफल भएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल र डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेशसभा सदस्य रेशम जुग्जाली र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले प्रसंसा पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० चैत्र १, बिहीबार १५:२७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० चैत्र १, बिहीबार १५:२७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० चैत्र १, बिहीबार १५:२७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP