२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

कालीगण्डकी स्नान स्थल जाने सडक उद्घाटन

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १८ औ कार्यकारी र गलेश्वर जेष्ठ नागरिक आश्रमको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Advertisement

सो अवसरमा गलेश्वर मन्दिरको प्रवेशद्धारदेखि कालीगण्डकी स्नान स्थल जाने फुटपाथ सहितको पैदलमार्गको गण्डकी प्रदेशसभा सदस्य, निवर्तमान भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट रु. ४० लाख बजेट बिनियोजन भएको सडक निर्माणमा उपभोक्ताको तर्फबाट रु. ४ लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ ।

गलेश्वर मन्दिर देखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले ५ मिटर चौडाई भएको १२५ मिटर लामो सडक ढलान निर्माण कार्य लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न गरेको जानकारी दिनुभयो ।

कालीगण्डकी स्नान गर्ने भक्तजन, स्थानीयबासी र कालीगण्डकीमा शवदाह गर्न जाने मलामीहरुलाई सडक निर्माण भएपछि सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

सडक र साधारणसभा उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले धार्मिक स्थललाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । लक्ष्य अघिनै सडक निर्माण गरेर गलेश्वरका उपभोक्ताहरुले उदाहरणीय काम गरेकोमा प्रशंसा गर्नुभयो ।

“मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीको म्याग्दीमा बसाई लम्बाउने उपयुक्त योजना र कार्यक्रम बनाउन ढिलाई गर्नुहुदैन,” उहाँले भन्नुभयो “गलेश्वर लगायत म्याग्दीका धार्मिक पर्यटकीय स्थल पर्यटक भित्र्याउन र बसाई लम्बाउन उपयुुक्त स्थान हुन सक्छन् ।”

गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले गलेश्वरलाई विश्व सम्पदा सूचिमा समावेश गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुुरत केसी र वडा अध्यक्ष चक्र केसीले गलेश्वर बजारलाई सौन्दर्यकरण र बजार भित्र पैदलयात्रा गर्ने बनाएर स्थानीयलाई आयआर्जनसँग जोड्ने तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, गलेश्वर मन्दिरका निर्माता राधाकृष्ण पराजुुलीका छोरा रमेश शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले प्रगति, कोषाध्यक्ष गौमाया पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन सदस्य सचिव बलबहादुर खत्रीले गर्नुभएको थियो ।

Related News

पोषणयुक्त खाजा बनाउन अभिभावकलाई सचेतना
पोषणयुक्त खाजा बनाउन अभिभावकलाई सचेतना
  • २०८० चैत्र ४, आईतवार १३:३२

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रयोग गर्ने खाजालाई गुणस्तरीय र पोषणयुक्त बनाउनका लागि अभिभावकलाई सचेतना दिएको छ ।...

जलविद्युत छ तर बत्ती बल्दैन
जलविद्युत छ तर बत्ती बल्दैन
  • २०८० चैत्र ४, आईतवार १३:३२

बागलुङको तमानखोला गाउँपालिका-६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँका मानिसहरू अन्धकारमा बस्न बाध्य छन् । वर्षौँदेखि लघु जलविद्युतको भरमा रहेका...

म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा
म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा
  • २०८० चैत्र ४, आईतवार १३:३२

हिमाली जिल्ला म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।...

TOP