२०८३ असार २
June 16, 2026, Tuesday

कालीगण्डकी स्नान स्थल जाने सडक उद्घाटन

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १८ औ कार्यकारी र गलेश्वर जेष्ठ नागरिक आश्रमको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Advertisement

सो अवसरमा गलेश्वर मन्दिरको प्रवेशद्धारदेखि कालीगण्डकी स्नान स्थल जाने फुटपाथ सहितको पैदलमार्गको गण्डकी प्रदेशसभा सदस्य, निवर्तमान भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

Advertisement

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट रु. ४० लाख बजेट बिनियोजन भएको सडक निर्माणमा उपभोक्ताको तर्फबाट रु. ४ लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ ।

गलेश्वर मन्दिर देखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले ५ मिटर चौडाई भएको १२५ मिटर लामो सडक ढलान निर्माण कार्य लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न गरेको जानकारी दिनुभयो ।

कालीगण्डकी स्नान गर्ने भक्तजन, स्थानीयबासी र कालीगण्डकीमा शवदाह गर्न जाने मलामीहरुलाई सडक निर्माण भएपछि सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

सडक र साधारणसभा उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले धार्मिक स्थललाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । लक्ष्य अघिनै सडक निर्माण गरेर गलेश्वरका उपभोक्ताहरुले उदाहरणीय काम गरेकोमा प्रशंसा गर्नुभयो ।

“मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीको म्याग्दीमा बसाई लम्बाउने उपयुक्त योजना र कार्यक्रम बनाउन ढिलाई गर्नुहुदैन,” उहाँले भन्नुभयो “गलेश्वर लगायत म्याग्दीका धार्मिक पर्यटकीय स्थल पर्यटक भित्र्याउन र बसाई लम्बाउन उपयुुक्त स्थान हुन सक्छन् ।”

गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले गलेश्वरलाई विश्व सम्पदा सूचिमा समावेश गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुुरत केसी र वडा अध्यक्ष चक्र केसीले गलेश्वर बजारलाई सौन्दर्यकरण र बजार भित्र पैदलयात्रा गर्ने बनाएर स्थानीयलाई आयआर्जनसँग जोड्ने तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, गलेश्वर मन्दिरका निर्माता राधाकृष्ण पराजुुलीका छोरा रमेश शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले प्रगति, कोषाध्यक्ष गौमाया पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन सदस्य सचिव बलबहादुर खत्रीले गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP