२०८१ बैशाख ३१
May 13, 2024, Monday

मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा शंकर चोखाल प्रथम

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो ।

Advertisement

कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी नगरपालिका वडा नम्वर ९ नेप्टेचौर निवासी शिक्षक शंकर चोखाल प्रथम हुनुभएको छ । त्यस्तै मुकुन्द प्रसाद रेग्मीले द्वित्तिय, मित्रवन्धु सुवेदी (कल्याण) ले तृतिय र लिटल गार्डेन एकेडेमीकी सुप्रभा जिसीले शान्त्वना स्थान हासिल गर्नुभएको हो । विजेताहरुले क्रमशः रु २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका प्रमुख सुरत केसी, मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दास लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र अमित विश्वकर्मालाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, शिव आचार्य, सन्तोष गौतम, कमल खत्री, साधन राम्जालीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले विदेशमा सिकेको ज्ञान र सिपलाई जिल्लामा हस्तान्तरण गर्न प्रवासी म्याग्देलीहरुलाई आव्हान गर्नुभयो । मेयर केसीले प्रवासी म्याग्देलीहरुले जिल्लामा उत्पादनमुखि क्षेत्रमा लगानीगर्न आवश्यक रहेको बताउनुभयो । ‘अव जिल्लामा फर्केर उद्योग तथा अन्य उत्पादनको क्षेत्रमा लगानी गर्नुस सहजताका लागि नीतिगत निर्णय के गर्नुपर्छ त्यसका लागि हामी तयार छौँ’, मेयर केसीले भन्नुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, मोना अन्तराष्ट्रियका संरक्षक सुवास कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष प्रकाश पौडेल, म्याग्द िजिल्ला भलिबल संघका तेजेन्द्र बानियाँ र निर्णायक संयोजक त्रिविक्रम सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताका निर्णायकहरु सुवेदी सहित राम प्रसाद सुवेदी, पशुपति केसी, नन्द गर्वुजा र रामकृष्ण शर्मा रहनुभएको थियो । कार्यक्रममा निर्णायक सहित सहयोगीदाताहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई पनि सहभागि प्रमाणपत्र नगद सहित प्रदान गरिएको थियो । मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासको अध्यक्षता र गोकुल सुनारको संचालनमा सम्पन्न भएको कार्यक्रममा मोना क्रोएसियाका संस्थापक अध्यक्ष तथा निवन्ध प्रतियोगिताका संयोजक रामकृष्ण शर्माद्वारा लिखित स्वागत मन्तव्य अनिता गौतमले बाचन गर्नुभएको थियो । कार्यक्रममा बाल कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो । प्रवासमा तथा जिल्लामा रहेका म्याग्देलीहरुको वौद्धिक स्तर वृद्धि सहित शिक्षित व्यक्तिहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा निबन्ध लेखन प्र्रतियोगिता आयोजना गरिएको र यस्ता कार्यक्रमहरुलाई मोना क्रोएसियाले निरन्तरता दिदै जाने अध्यक्ष सुन्दासले बताउनुभयो ।

Related News

पुरानो चौतारी संरक्षण अभियानमा जुट्यो खुम्लिया यूवा क्लव
पुरानो चौतारी संरक्षण अभियानमा जुट्यो खुम्लिया यूवा क्लव
  • २०८० चैत्र १०, शनिबार १५:३०

म्याग्दीको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन्। Advertisement बेनी–दरबाङ सडक...

रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा, विभिन्न व्यक्तीहरु सम्मानित
रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा, विभिन्न व्यक्तीहरु सम्मानित
  • २०८० चैत्र १०, शनिबार १५:३०

नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै...

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
  • २०८० चैत्र १०, शनिबार १५:३०

 म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट...

TOP