२०८३ आश्विन १
September 17, 2026, Thursday

मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा शंकर चोखाल प्रथम

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो ।

Advertisement

कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी नगरपालिका वडा नम्वर ९ नेप्टेचौर निवासी शिक्षक शंकर चोखाल प्रथम हुनुभएको छ । त्यस्तै मुकुन्द प्रसाद रेग्मीले द्वित्तिय, मित्रवन्धु सुवेदी (कल्याण) ले तृतिय र लिटल गार्डेन एकेडेमीकी सुप्रभा जिसीले शान्त्वना स्थान हासिल गर्नुभएको हो । विजेताहरुले क्रमशः रु २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका प्रमुख सुरत केसी, मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दास लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र अमित विश्वकर्मालाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, शिव आचार्य, सन्तोष गौतम, कमल खत्री, साधन राम्जालीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले विदेशमा सिकेको ज्ञान र सिपलाई जिल्लामा हस्तान्तरण गर्न प्रवासी म्याग्देलीहरुलाई आव्हान गर्नुभयो । मेयर केसीले प्रवासी म्याग्देलीहरुले जिल्लामा उत्पादनमुखि क्षेत्रमा लगानीगर्न आवश्यक रहेको बताउनुभयो । ‘अव जिल्लामा फर्केर उद्योग तथा अन्य उत्पादनको क्षेत्रमा लगानी गर्नुस सहजताका लागि नीतिगत निर्णय के गर्नुपर्छ त्यसका लागि हामी तयार छौँ’, मेयर केसीले भन्नुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, मोना अन्तराष्ट्रियका संरक्षक सुवास कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष प्रकाश पौडेल, म्याग्द िजिल्ला भलिबल संघका तेजेन्द्र बानियाँ र निर्णायक संयोजक त्रिविक्रम सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताका निर्णायकहरु सुवेदी सहित राम प्रसाद सुवेदी, पशुपति केसी, नन्द गर्वुजा र रामकृष्ण शर्मा रहनुभएको थियो । कार्यक्रममा निर्णायक सहित सहयोगीदाताहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई पनि सहभागि प्रमाणपत्र नगद सहित प्रदान गरिएको थियो । मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासको अध्यक्षता र गोकुल सुनारको संचालनमा सम्पन्न भएको कार्यक्रममा मोना क्रोएसियाका संस्थापक अध्यक्ष तथा निवन्ध प्रतियोगिताका संयोजक रामकृष्ण शर्माद्वारा लिखित स्वागत मन्तव्य अनिता गौतमले बाचन गर्नुभएको थियो । कार्यक्रममा बाल कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो । प्रवासमा तथा जिल्लामा रहेका म्याग्देलीहरुको वौद्धिक स्तर वृद्धि सहित शिक्षित व्यक्तिहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा निबन्ध लेखन प्र्रतियोगिता आयोजना गरिएको र यस्ता कार्यक्रमहरुलाई मोना क्रोएसियाले निरन्तरता दिदै जाने अध्यक्ष सुन्दासले बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP