म्याग्दीको बेनी नगरपालिका–मा ९ मा रहेको शिर्जनशिल नव युवा क्लब कुवागैराको आयोजनामा फागुपूर्णीमा मेला २०८० सुरु भएको छ ।
विभिन्न खेलकुद तथा सांस्कृति कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले खेलकुद क्षेत्रको विकासमा आफुले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले शिर्जनशिल युवा क्लबको खेल मैदानको स्तरउन्नती गरी बृहत खेलमैदान निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै कार्यक्रममा जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जिल्लामा भलिबल खेलको सम्भावना भएपनि गाउँघरमा गुणस्तरीय खेलमैदान नभएका कारण खेलाडीलाई समस्या भएको बताउनुभयो ।

११ देखि १६ गते सम्म संचालन हुने मेलामा पुरुष भलिबल, पञ्चेबाजा नाच प्रतियोगिता, पौढ भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता लगाएतका प्रतियोगिताहरु छन् ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साङ्गेतिक प्रस्तुति समेत रहने क्लबले जनाएको छ । कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष गणेश शर्माले बोल्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष बिस्णु चोखालको अध्यक्षता सम्पन्न भएको कार्यक्रको संचालन टेकबहादुर चोखालले गर्नुभएको थियो ।





