२०८३ असार ११
June 25, 2026, Thursday

म्याग्दीका चार संचारकर्मी सम्मानित

म्याग्दीका चार संचारकर्मीलाई सम्मान गरिएको छ । शनिबार बेनीमा भएको म्याग्दीकाली संचार सहकारी संस्था लि. को १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनको अवसरमा सहकारीद्धारा संचालित म्याग्दीकाली एफ.एम ८८.२ मेघाहर्जमा कार्यरत पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान गरिएको हो ।

रेडियोको स्टेशन म्यानेजरमा रहेर रेडियो मार्फत सूचना, सन्देश, मनोरञ्जन प्रदान गर्दै श्रोताहरुको चाहाना बमोजिमका विभिन्न कार्यक्रमहरु उत्पादन गर्दै उत्कृष्ट रेडियो बनाउनका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै पूर्व संचारकर्मी बिक्रम बोगटी, प्रकाश पौडेल र जिल्लाका क्रियाशिल पत्रकार समेत रहनुभएका अमित विश्वकर्मालाई दोसल्ला र सम्मान–पत्रद्धारा सम्मान गरिएको हो ।

उही अवसरमा रेडियोमा कार्यरत प्राविधिक प्रमुख मनु थापालाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको सहकारीका सचिव एवम् रेडियो संयोजक सुविन श्रेष्ठले बताउनुभयो । सहकारीको अधिवेशनले पुनः विजय कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP