म्याग्दीका चार संचारकर्मीलाई सम्मान गरिएको छ । शनिबार बेनीमा भएको म्याग्दीकाली संचार सहकारी संस्था लि. को १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनको अवसरमा सहकारीद्धारा संचालित म्याग्दीकाली एफ.एम ८८.२ मेघाहर्जमा कार्यरत पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान गरिएको हो ।
रेडियोको स्टेशन म्यानेजरमा रहेर रेडियो मार्फत सूचना, सन्देश, मनोरञ्जन प्रदान गर्दै श्रोताहरुको चाहाना बमोजिमका विभिन्न कार्यक्रमहरु उत्पादन गर्दै उत्कृष्ट रेडियो बनाउनका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै पूर्व संचारकर्मी बिक्रम बोगटी, प्रकाश पौडेल र जिल्लाका क्रियाशिल पत्रकार समेत रहनुभएका अमित विश्वकर्मालाई दोसल्ला र सम्मान–पत्रद्धारा सम्मान गरिएको हो ।
उही अवसरमा रेडियोमा कार्यरत प्राविधिक प्रमुख मनु थापालाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको सहकारीका सचिव एवम् रेडियो संयोजक सुविन श्रेष्ठले बताउनुभयो । सहकारीको अधिवेशनले पुनः विजय कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...