२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ को वडा कार्यालयले भुरुङ गाउँमा विहिवारदेखि आयोजना गरेको प्रतियोगितामा विभिन्न १२ समूहले सहभागिता जनाएका छन् ।

Advertisement

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख, दोस्रो हुनेलाई नगरु ७५ हजार र तृतीय हुनेलाई नगद रु ६० हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने प्रतियोगिताका मुल संयोजक समेत रहनुभएका वडा अध्यक्ष ओम प्रसाद फगामीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइ मार्ने समूह, भाका तथा शब्द छनौट, पोशाक, अनुशासनको विद्यामा समेत नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।

‘‘ पुख्र्यौली नाच पुन मगर समुदायमा पुर्खौदेखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाच युवा पुस्ताले अगाडी बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो, नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा हामीले यो प्रतियोगिता अघि बढाएका हौँ’’–अध्यक्ष फगामीले भन्नुभयो । प्रतियोगितामा सहभागि पुख्र्यौली नाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको पहिलो दिन अन्नपूर्ण गाउँपालिका –१ दोवा, २ नम्बर वडा भुरुङ र ४ नम्बर वडा नारच्याङ लेक गाउँको पुख्र्यौली समूहको प्रस्तुती राखिएको आयोजकले जनाएको त । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले रु ३ लाख सहयोग गरेको छ । त्यसैगरि स्वदेश तथा विदेशमा रहेका भुरुङतातोपानीबासीको नेतृत्वमा प्रतियोगिता सम्पन्न गर्न रु १९ लाख बढी सहयोग जुटेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मगर समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी बर्षको नीति तथा कार्यक्रममा समेत कला संस्कृति र साँस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचार प्रसार गरिने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई समेत साँस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन बृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली प्रतियोगिताले भुरुङ गाउँमा साँस्कृतिक उत्सव छाएको छ । 

Related News

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
  • २०८१ बैशाख १४, शुक्रबार ०९:५२

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास...

अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
  • २०८१ बैशाख १४, शुक्रबार ०९:५२

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, पालिका भित्रका होटल...

हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे
हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे
  • २०८१ बैशाख १४, शुक्रबार ०९:५२

हानिकारक सामाजिक मान्यताहरू समाजका लागि चुनौती भएको भन्दै न्यूनिकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । Advertisement...

TOP