२०८३ बैशाख ३
April 16, 2026, Thursday

मिजार समाज म्याग्दीद्वारा प्रकाशित भित्तेपात्रो विमोचन


म्याग्दी । मिजार समाज म्याग्दीले नयाँ वर्ष २०८१ को भित्तेपात्रो पकाशन गरेको छ । शनिवार बेनी स्थित होटल डाँफेमा एक समारोहको आयोजना गरि सो भित्तेपात्रोको विमोचन गरिएको हो ।

Advertisement


कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक मनिवर चर्मकार, मिजार समाज नेपालका केन्द्रिय सचिव याम किसान, गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार लगायतले भित्तेपात्रो विमोचन गर्नुभएको हो ।

Advertisement


कार्यक्रममा वोल्दै केन्द्रिय सचिव याम किसानले मिजार जातीको पहिचान, विकास र एकताका लागि मिजार समाजको भूमिका महत्वपूर्ण रहदै आएको बताउनुभयो । उहाँले मिजारहरुले आफ्नो परम्परागत सिप, पेशा तथा कलालाई उजागर गर्दै लैजानुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा मिजार समाज गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार, केन्द्रिय सदस्य मन बहादुर चर्मकार, निर्वतमान जिल्ला अध्यक्ष सुकलाल किसान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा समाजका कोषाध्यक्ष सोलिना किसानले हालै सम्पन्न भएको समाजको दोस्रो जिल्ला अधिवेशनको आम्दानी तथा खर्च विवरण पनि सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार जम्मा आम्दानी ३ लाख ३० हजार ६ सय ९९ रुपैयाँ, जम्मा खर्च १ लाख ७६ हजार ४ सय ३२ रहको छ । त्यस्तै नगद मौज्दात १ लाख ४ हजार ३७ रुपैयाँ र उठन बाँकी रकम ५० हजार २ सय ३० रपैयाँ रहेको कोषाध्यक्ष किसानले बताउनुभयो ।


समाजका अध्यक्ष भिम किसानले संस्थालाई आम्दानीको श्रोतको रुपमा समाजका विभिन्न गतिविधिहरु समेत झल्काउदै ६५० प्रति भित्तेपात्रो प्रकाशन गरिएको बताउनुभयो । कार्यक्रम समाजका अध्यक्ष किसानको अध्यक्षता र सचिव कमल किसानको संचालनमा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ बैशाख १६, आईतवार ०६:१७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ बैशाख १६, आईतवार ०६:१७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ बैशाख १६, आईतवार ०६:१७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP