२०८१ बैशाख ३१
May 13, 2024, Monday

मिजार समाज म्याग्दीद्वारा प्रकाशित भित्तेपात्रो विमोचन


म्याग्दी । मिजार समाज म्याग्दीले नयाँ वर्ष २०८१ को भित्तेपात्रो पकाशन गरेको छ । शनिवार बेनी स्थित होटल डाँफेमा एक समारोहको आयोजना गरि सो भित्तेपात्रोको विमोचन गरिएको हो ।

Advertisement


कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक मनिवर चर्मकार, मिजार समाज नेपालका केन्द्रिय सचिव याम किसान, गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार लगायतले भित्तेपात्रो विमोचन गर्नुभएको हो ।


कार्यक्रममा वोल्दै केन्द्रिय सचिव याम किसानले मिजार जातीको पहिचान, विकास र एकताका लागि मिजार समाजको भूमिका महत्वपूर्ण रहदै आएको बताउनुभयो । उहाँले मिजारहरुले आफ्नो परम्परागत सिप, पेशा तथा कलालाई उजागर गर्दै लैजानुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा मिजार समाज गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार, केन्द्रिय सदस्य मन बहादुर चर्मकार, निर्वतमान जिल्ला अध्यक्ष सुकलाल किसान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा समाजका कोषाध्यक्ष सोलिना किसानले हालै सम्पन्न भएको समाजको दोस्रो जिल्ला अधिवेशनको आम्दानी तथा खर्च विवरण पनि सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार जम्मा आम्दानी ३ लाख ३० हजार ६ सय ९९ रुपैयाँ, जम्मा खर्च १ लाख ७६ हजार ४ सय ३२ रहको छ । त्यस्तै नगद मौज्दात १ लाख ४ हजार ३७ रुपैयाँ र उठन बाँकी रकम ५० हजार २ सय ३० रपैयाँ रहेको कोषाध्यक्ष किसानले बताउनुभयो ।


समाजका अध्यक्ष भिम किसानले संस्थालाई आम्दानीको श्रोतको रुपमा समाजका विभिन्न गतिविधिहरु समेत झल्काउदै ६५० प्रति भित्तेपात्रो प्रकाशन गरिएको बताउनुभयो । कार्यक्रम समाजका अध्यक्ष किसानको अध्यक्षता र सचिव कमल किसानको संचालनमा सम्पन्न भएको थियो ।

Related News

पुरानो चौतारी संरक्षण अभियानमा जुट्यो खुम्लिया यूवा क्लव
पुरानो चौतारी संरक्षण अभियानमा जुट्यो खुम्लिया यूवा क्लव
  • २०८१ बैशाख १६, आईतवार ०६:१७

म्याग्दीको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन्। Advertisement बेनी–दरबाङ सडक...

रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा, विभिन्न व्यक्तीहरु सम्मानित
रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा, विभिन्न व्यक्तीहरु सम्मानित
  • २०८१ बैशाख १६, आईतवार ०६:१७

नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै...

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
  • २०८१ बैशाख १६, आईतवार ०६:१७

 म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट...

TOP