२०८३ मंसिर ६
November 22, 2026, Sunday

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन, अध्यक्षमा पुन: खत्री

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो ।

Advertisement

सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद गौचनले थप पुर्वाधार निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । उहाँले युवा नै देशको अग्रगामी विकासका मुल आधार भएको सांसद गौचनले बताउनुभयो । युवाको मेहनतले नै देश बन्ने भएकोले युवालाई स्देशमै बस्ने वातावण बनाउन राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

Advertisement

कांग्रेस म्याग्दीका पुर्व सचिव क्याप्टेन मिनबहादुर कार्की र वडा अध्यक्ष एकजित रोकाले गाउँको हरेक क्षेत्रको विकास र परिवर्तमान युवा क्लबले ठुलो भुमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा थप पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजनको लागि पहल गर्ने बताउनुभयो । वडा सदस्य नरबहादुर खत्री,समाजसेवी इश्वर आचार्य ,क्लबका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनजागृती माविका प्रअ टेक राम्जाली युवा क्लबले विगतदेखि नै खेलकुद क्षेत्रको विकास ,सामाजिक परिवर्तन र स्थानीय कला संस्कृतिको संरक्षणमा ठुलो भुमिका खेलेको बताउनुभयो ।

सांसद गौचनको पहलमा गण्डकी प्रदेश सरकारबाट दश लाख र क्लबले थप गरेर करिब साढे एघार लाख रुपैयाँमा स्टेज निर्माण गरिएको क्लब अध्यक्ष खगेन्द्र खत्रीले बताउनुभयो । स्टेज निर्माण भएपछि सहज भएको क्लब अध्यक्ष खत्रीले बताउनुभयो । यसैगरी,सांसद गौचनको पहलमै प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ लागतमा खेलमैदानमा घेराबार गरिएको छ । उहाँले स्टेजको स्टोर कोठा पुर्णता दिन र खेलमैदानलाई थप व्यवस्थित बनाउन थप बजेट सहयोग गर्न आग्रह गर्नुभयो ।

क्लबद्धारा आयोजित तिहार मेलाबाट प्राप्त आम्दानी ,स्वदेश तथा विदेशमा रहेका पुर्णगाउँबासीबाट संकलित सहयोग रकमबाट क्लबले खेलमैदानको लागि जग्गा खरिद गरेको थियो । शनिबार खेलमैदान निर्माणमा गर्न आवश्यक जग्गा खरिद गर्नका लागि सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरेको छ ।

अधिवेशनबाट क्लको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्रवेश थजाली ,सचिवमा भरत अर्मजा ,सहसचिवमा ऋषिकेश तिवारी ,कोषाध्यक्षमा विन्दु विक चयन हुनुभएको छ । भने सदस्यहरुमा कुमार विक,रबि राम्जाली ,भविन्द्र राम्जाली ,निशान पुन ,कौशिला पुन ,सुस्मिता पुन ,सन्ध्या खत्री चयन हुनुभएको छ । यसैगरी क्लबको सल्लाहकारहरुमा टेकबहादुर राम्जाली,गोविन्द सुवेदी ,अर्जुन आचार्य ,इश्वर आचार्य र शिव आचार्य चयन हुनुभएको छ ।

कार्यक्रममा निवर्तमान सहसचिव अर्मजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान उपाध्यक्ष गौचनले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा समुह,क्लबका सदस्य लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १३, शुक्रबार १:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP
Click to listen highlighted text!