२०८३ श्रावण ८
July 24, 2026, Friday

हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको पनि सुविधा

हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ ।

Advertisement

हिरो मोटोकर्पको बेनी स्थित अधिकृत बिक्रेता चाँदनी अटो टे«डले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले पुुरानो स्कुटरसँग नयाँ एक्चेन्ज अपर पनि रहेको बताउनुभयो ।

हिरो जुम ११० झट्ट हेर्दा इलेक्ट्रीक स्कुटर भिडा जस्तै देखिन्छ । कम्पनीले जुम ११० को फ्रन्ट एप्रोनमा एक्स–सेप एलईडी हेडल्याम्प दिइएको छ । यसको ह्याण्डलबार कौलमा नै सानो विण्ड स्क्रीन पाउन सकिन्छ । यसको ह्याण्डलबारमा नै माउन्ट गरिएको हेलोजीन एलईडी बल्ब छ ।

त्यस्तै, जुम ११० को रियरमा पनि एक्स–सेप एलइडी टेल लाइट रहेको छ । यसको टेलल्याम्प डिजाइन र हेडल्याम्पको डिजाइन भने फरक देखिन्छ । यसको हेडल्याम्पमा भने कारमा हुने कर्नरिङ लाइट फिचरसमेत दिइएको छ ।

हिरो जुममा कम्पनीले स्मार्ट कनेक्ट फिचर दिएको छ । यसमा लाइभ ट्रयाकिङ, स्पीड अर्लट, जिओफेस अलर्ट, टोपल अर्लट, ट्रीप एनालाइसेस जस्ता धेरै फिचर प्रयोग गर्न सकिन्छ । हिरोले जुम स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर एफआइ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ८.०५ बीएच पावर तथा ५५०० आरपीएमा ८.७५ एनएम टर्क जेनेरेट गर्छ ।

भारतीय बजारमा तीन भेरियन्टमा उपलब्ध हिरो जुम ११० स्कुटर ५ कलर अप्सनमा छ । तीन भेरियन्ट मध्ये हिरो जुम भीएक्स र जेडएक्स भेरियन्ट नेपालमा उपलब्ध छन् । सीजी मोटर्सले दुई भेरियन्टको मूल्य क्रमशः २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० मूल्य तोकेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP