२०८३ असार २
June 16, 2026, Tuesday

टोड्केबाट फर्किदै गरेको बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट बेनी नगरपालिका–१० वाखेतफर्त आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।गएराती रघुगंगा गाउँपालिका–५,झिँको भालटोके पाखोमा जीप दुर्घटना हुदाँ चालक वाखेतका ५३ बर्षिय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।‘दुर्घटनामा घाईतेको अवस्था सामान्य छ, सबैको डिस्चार्ज भयो’ रायमाझीले भन्नुभयो ।


दुर्घटनामा वाखेतका गुन बहादुर पूर्जा, बिजय पाइजा लगायत सवार थिए । दुर्घटनामा मृत्यु भएका र घाईतेको उद्धारका लागि बेनी नगरपालिका मेयर सुरत केसी सहितको टोली घटनास्थलमा पुग्नुभएको थियो । दुर्घटनाको जानकारी पाएपछि स्थानीयबासीले उद्धार गरेका थिए । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । रातको समय र अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुनेसक्ने अनुमान गरिएको छ ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP