२०८१ फाल्गुन २९
March 13, 2025, Thursday

टोड्केबाट फर्किदै गरेको बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट बेनी नगरपालिका–१० वाखेतफर्त आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।गएराती रघुगंगा गाउँपालिका–५,झिँको भालटोके पाखोमा जीप दुर्घटना हुदाँ चालक वाखेतका ५३ बर्षिय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।‘दुर्घटनामा घाईतेको अवस्था सामान्य छ, सबैको डिस्चार्ज भयो’ रायमाझीले भन्नुभयो ।


दुर्घटनामा वाखेतका गुन बहादुर पूर्जा, बिजय पाइजा लगायत सवार थिए । दुर्घटनामा मृत्यु भएका र घाईतेको उद्धारका लागि बेनी नगरपालिका मेयर सुरत केसी सहितको टोली घटनास्थलमा पुग्नुभएको थियो । दुर्घटनाको जानकारी पाएपछि स्थानीयबासीले उद्धार गरेका थिए । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । रातको समय र अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुनेसक्ने अनुमान गरिएको छ ।

Advertisement

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८१ जेष्ठ २६, शनिबार ०६:५७

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८१ जेष्ठ २६, शनिबार ०६:५७

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८१ जेष्ठ २६, शनिबार ०६:५७

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP