२०८३ असार २
June 16, 2026, Tuesday

सडक आश्रित मानव उद्धारमा सक्रिय सामाजिक विकास कार्यालय म्याग्दी

म्याग्दीको सामाजिक विकास कार्यालय म्याग्दीले सडक आश्रित मानवको उद्धारमा सक्रिय भएको छ । बिहिबार पुनः एक भारतीय नागरिकको उद्धार गरेको छ । जिल्लाको बेनी बजारमा सडक पेटीमा बस्ने र माग्दै हिड्ने भारतका एक जना अन्दाजी ४२ बर्षका नागरिकलाई उद्धार गरी मानव सेवा आश्रम बागलुङमा पठाईएको अल्पकालीन सेवा केन्द्र म्याग्दीकी साधना केसीले जानकारी दिनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीको पहलमा उक्त भारतीय नागरिकलाई बेनीबाट उद्धार गरी बागलुङ आश्रममा पुराएको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो । उहाँका अनुसार कार्यालयको पहलमा हाल सम्म बेनीबाट ४२ जनाको उद्धार गरी आश्रम पठाईएको छ ।

यो आर्थिक बर्षमा मात्र ७ जनाको उद्धार गरी आश्रम र आफन्तको जिम्मा लगाईएको केन्द्रकी कार्यालय जनाएको छ । विहिबार उद्धार गरीएका नागरिकका लागि बेनी नगरपालिका वडा नं. ७ का अध्यक्ष रमेश श्रेष्ठ, रिक म्याग्दीका अध्यक्ष दिपक पौडेले समेत सहयोग गर्नुभएको थियो ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP