२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

सडक आश्रित मानव उद्धारमा सक्रिय सामाजिक विकास कार्यालय म्याग्दी

म्याग्दीको सामाजिक विकास कार्यालय म्याग्दीले सडक आश्रित मानवको उद्धारमा सक्रिय भएको छ । बिहिबार पुनः एक भारतीय नागरिकको उद्धार गरेको छ । जिल्लाको बेनी बजारमा सडक पेटीमा बस्ने र माग्दै हिड्ने भारतका एक जना अन्दाजी ४२ बर्षका नागरिकलाई उद्धार गरी मानव सेवा आश्रम बागलुङमा पठाईएको अल्पकालीन सेवा केन्द्र म्याग्दीकी साधना केसीले जानकारी दिनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीको पहलमा उक्त भारतीय नागरिकलाई बेनीबाट उद्धार गरी बागलुङ आश्रममा पुराएको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो । उहाँका अनुसार कार्यालयको पहलमा हाल सम्म बेनीबाट ४२ जनाको उद्धार गरी आश्रम पठाईएको छ ।

यो आर्थिक बर्षमा मात्र ७ जनाको उद्धार गरी आश्रम र आफन्तको जिम्मा लगाईएको केन्द्रकी कार्यालय जनाएको छ । विहिबार उद्धार गरीएका नागरिकका लागि बेनी नगरपालिका वडा नं. ७ का अध्यक्ष रमेश श्रेष्ठ, रिक म्याग्दीका अध्यक्ष दिपक पौडेले समेत सहयोग गर्नुभएको थियो ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ जेष्ठ ३२, शुक्रबार ०४:४१

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ जेष्ठ ३२, शुक्रबार ०४:४१

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ जेष्ठ ३२, शुक्रबार ०४:४१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP