२०८३ श्रावण ७
July 23, 2026, Thursday

को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको अध्यक्षमा नेत्रराज सुबेदी

को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको तेस्रो अधिवेशनबाट लोकदीप बचत तथा ऋण सहकारी संस्था लिका प्रबन्धक नेत्रराज सुबेदीकोअध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

Advertisement

शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष तेज कुमारी बानिया (संगिनी साकोस ), सचिव समीक्षा ढुंगाना (दिदिबहिनी साकोस ), कोषाध्यक्ष हरि प्रसाद पौडेल (न्यु धौलागिरी साकोस) रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सन्तोष शर्मा (पश्चिम् नेपाल साकोस)यामनारायण पाइजा (रुप्से साकोस),लक्ष्मी शर्मा ( सौगात बहुउद्देश्यीय सहकारी),सरस्वती बानिया ( विश्वामित्र सकोस),सोलिना किसान ( न्यु दरबाङ महिला साकोस) र नारायण सुवेदी (भुपु सैनिक साकोस) रहेको अध्यक्ष सुबेदीले जानकारी दिनुभयो ।

अधिवेशनको बेनी नगरपालिका सहकारी शाखा प्रमुख प्रभा शर्माले उद्घाटन गदैं सहकारीका मेरुदण्ड नै प्रबन्धक भएकाले संस्थागत बिकास तथा क्षमता अभिबृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक यूवराज त्रिपाटीले संस्थामार्फत सहकारीमैत्री गतिविधि सहित सूचना आदानप्रदान सहितका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

अधिवेशनमा को–अपरेटिभ म्यानेजर्स क्लब बाग्लुङका अध्यक्ष नवराज शर्मा, को–अपरेटिभ म्यानेजर्स क्लब बाग्लुङका निवर्तमान अध्यक्ष दीपकजंग राजभण्डारी,नेपाल लघुबित्त कर्मचारी संघ म्याग्दीका अध्यक्ष टिकाराम शर्माले मन्तब्य राख्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष सुबेदीलेदक्ष कर्मचारी, समृद्ध सहकारी“ भन्ने नाराको साथ प्रत्येक स्थानिय तहमा पुगि सहकारीका कर्मचारी हरुको लागि क्षमता बिकासका विभिन्न तालिम संचालन गर्ने,स्थानिय तहलाई संघ तथा सहकारी बैंकले गर्ने सहकारी सम्बन्धी कार्यक्रमहरुमा समन्वय र सहयोग गर्ने जिल्ला सहकारी संघ संगको सहकार्यमा सहकारीका संचालक÷सेयर सदस्यहरुको लागि क्षमता विकास तालिम आयोजना प्रतिबद्धता जनाउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP