२०८३ असार २९
July 13, 2026, Monday

लोक संगीत चौतारीमा बर पिपल र स्वामी रोपियो

म्याग्दी । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ ।
बेनी नगरपालिका वडा नम्वर ६ डम्मरामा निर्माण गरिएको उक्त चौतारीमा सोमवार एक कार्यक्रमको आयोजना गरि उक्त विरुवा रोपिएको हो ।

बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिँह बानियाँ, लोक दोहोरी गायक स्व.चक्र प्रसाद बानियाँका छोरा सुन्दर बानियाँ, प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसी, निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे, सल्लाहकार धन कुमारी थापा, नेत्र महत लगायतले लोक संगीत चौतारीमा बर पिपल र स्वामीको विरुवा रोप्नुभएको थियो ।

अग्रज कलाकार स्व. बानियाँको सम्मान र उहाँको कला र गलालाई सधैभरि जीवित राख्नका लागि निर्माण गरिएको चौतारीलाई थप सुन्दर बनाउन र धार्मिक आस्था जगाउनका लागि पनि बर पिपल र स्वामीलाई एकै ठाउँमा रोपिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीले बताउनुभयो । धार्मिक ग्रन्थ अनुसार बर पिपल र स्वामीलाई ब्रह्मा विष्णु र महेश्वरको रुपमा पुज्ने गरिन्छ ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष बानियाँले प्रतिष्ठानले अग्रजहरुको सम्मानमा गरेको कार्य प्रसंशनिय रहेको बताउनुभयो । बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङेमा जन्मिुनभएका लोक दोहोरी गायक बानियाँको प्रत्यक्ष दोहोरी गाउने कला र गलाको सम्मानमा चौतारी र पार्क बनेको र यसको संरक्षणमा डम्मरा बासीहरुको पनि महत्वपूर्ण भूमिका रहने वडा अध्यक्ष बानियाँले बताउनुभयो ।

प्रतिष्ठानले यसअघि लायन्स क्लव संगको साझेदारीमा करिव डेड सय फलफुलका विरुवा उक्त पार्कमा रोपिएको प्रतिष्ठानका सचिव विजुन केसीले जानकारी दिनुभयो । लोक संगीत चौतारी तथा पार्कमा शुद्ध पिउने पानीको समेत जडान गरिएको छ । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका कोषाध्यक्ष शंकर पौडेल लगायत कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP