२०८३ असार २
June 16, 2026, Tuesday

म्याग्दीमा २२ हजार केजी मह उत्पादन

म्याग्दी– व्यावसायिक मौरीपालनको उच्च सम्भावना रहेको हिमाली जिल्ला म्याग्दीमा १ वर्षको अवधिमा २२ हजार केजी मह उत्पादन भएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाभर कुल २२ हजार केजी अर्थात् २२ मेट्रिक टन मह उत्पादन गरिएको हो ।

Advertisement

जिल्लाको विभिन्न स्थानमा मौरीपालक किसानहरुले सुरु गरेको मौरीपालन व्यवसायबाट मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाभर सञ्चालनमा रहेका ११ सय ओटा मौरीका घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो । एउटा घारबाट वार्षिक सरदरमा २० देखि २५ केजीसम्म मह उत्पादन हुन्छ ।

Advertisement

कृषि ज्ञान केन्द्रमार्फत किसानहरुलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम तथा गोष्ठी प्रदान र बिउ पुँजीलगायत सेवासुविधाको सहयोग भएपछि वर्षेनी मौरीपालक किसान र मह उत्पादनमा वृद्धि हुने गरेको छ । गतवर्ष म्याग्दी जिल्लाका दुईवटा समूहलाई ग्रामीण पोषण प्रवद्र्धन कार्यक्रममार्फत ९० प्रतिशत अनुदानमा ३७ वटा मौरी गोलासहितको घारलगायत सहयोग गरिएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो । मौरीपालनतर्फ किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्र र स्थानीय तहले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

म्याग्दीमा बेनी नगरपालिकाको ज्यामरुककोट, बास्कुना, पुलाचौर, अर्थुङ्गे, घतान, पात्लेखेत, मंगला गाउँपालिकाको कुहुँ, धवलागिरिको मल्कबाङ, मालिकाको विम, रघुगंगाको भगवती र पिप्ले तथा अन्नपूर्णको शिख र घार मौरीपालनको पकेट क्षेत्र मानिन्छन् । यीमध्ये यसअघि बेनीको ज्यामरुककोट र पुलाचौर तथा मंगलाको कुहुँ क्षेत्रलाई मौरी स्रोतकेन्द्रको रुपमा विकास गरिएको थियो । परम्परागत रुपमा मुढे र खोप्पे घारको सट्टा आधुनिक घारमा व्यावसायिक मौरीपालन गरेमा मह उत्पादनमा वृद्धि भई आम्दानी पनि बढ्ने कृषि ज्ञान केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो ।

म्याग्दीमा हाल १५ देखि २० जनाको संख्यामा मात्रै व्यवसायिक रुपमा मौरीपालन गरेका किसानहरु रहेका छन् । कतिपय किसानहरु वैदेशिक रोजगारीबाट फर्किएपछि मौरीपालन व्यवसायमा सक्रिय छन् । म्याग्दी जिल्लामा उत्पादन भएको मह विदेशी मुलुकहरु जापान, कतार, साउदी, बहराईनसम्म पुग्ने गरेको मौरीपालक किसानहरु बताउँछन् । विदेशका ती देशमा जाने प्रवासी म्याग्देलीहरुले मह पुर्‌याउने  गरेका छन् । यसका साथै म्याग्दी घुम्न आएका विदेशी पर्यटकले समेत मह खरिद गरेर लैजाने गरेको मौरीपालक किसान बताउँछन् ।

तीन दशकदेखि व्यावसायिक मौरीपालन गर्दै आएकी सुजता ग्रुप प्रालि डडुवाका सञ्चालक सुजता खत्रीले गतवर्ष मौरीपालन व्यवसायबाट करिब चारलाख रुपैयाँ आम्दानी गरेको अनुभव सुनाउनुभयो । उहाँले गएको वर्षमा प्रतिकेजी १७ सय रुपैयाँको दरले दुईसय केजीभन्दा धेरै मह बिक्री गरेको जानकारी दिन्भयो । डडुवामा उत्पादित मह म्याग्दीसहित बाहिरी जिल्लामा बिक्री भएको थियो । मौरीपालन व्यवसाय गर्दै आएका किसानहरुले मह, मौरी, महका पोला तथा मौरीसहितका घारहरु बिक्री गर्ने गर्दछन् ।

म्याग्दीमा पछिल्लो समय व्यावसायिक तरिकाले आधुनिक घारमा मौरीपालन गरिएको भए पनि गाउँघरमा अझै परम्परागत तरिकाको मुढेघार तथा खोप्पे घारमा समेत मौरी पाल्ने गरिएको छ । मौरीपालन व्यवसाय र मह उत्पादनको हिसाबले म्याग्दी उपयुक्त जिल्ला मानिन्छ । स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिने मह पूजाआजामा समेत विशेष रुपमा प्रयोग गरिँदै आएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP