२०८३ श्रावण १५
July 31, 2026, Friday

७ बर्षको बैदेशिक यात्रा त्यागेर, निजामति सेवामा जमेका शंकर

राकेश शर्मा

म्याग्दीको बेनी नगरपालिका–१० का शंकर पाईजा जापानमा सात बर्ष विताउनुभयो । नेपालमै निजामति सेवाका काम गर्ने सपना बुन्नुभएका उहाँले राजनीतिक अस्थिरता, सीमित आर्थिक सम्भावना,जागिरमा पहुँचवाला हावी जस्ता गतिविधि देखेर आफ्नो भविष्यका लागि विदेशी भूमिमा अवसर खोज्न जापान पुगे । आफ्नो लक्ष्य एउटा परिस्थिति फरक भएपनि उहाँले जापानमा आधादशक विताएपनि लक्ष्यलाई भने बिर्सिनुभएन् । सरकारी सेवामार्फत स्वदेशमै सेवा गर्ने भन्दै स्वदेश फर्किएर लोकसेवाको तयारीमा जुट्नुभयो । जापानको आर्कषक तलबभन्दा आफ्नो लक्ष्यको जागिरका लागि नै उनले दिनरात गरेको मेहनतले सफलता प्राप्त गर्नुभयो ।

Advertisement

३४ बर्षिय पाईजाले मेहनत अनुसारको सफलता प्राप्त गदैं अहिले म्याग्दी जिल्ला अदालतमा न्याय सेवा अन्तरगत ठिठ्ठा पदमा कार्यरत हुनुहुन्छ । उहाँले जापानको आर्कषक कमाईभन्दा यहाँको सरकारी सुविधाबाट सन्तुष्ट हुनुहुन्छ । ‘बाध्य भएर विदेशिएको थिए, त्यहाँको कमाईमा रमाउन सकिन, यहाँ फर्किएर लोकसेवाको तयारीमा जुटे, मेरो दिदीभिनाजुको सहयोगले सफलता मिल्यो’ पाइजाले भन्नुभयो । आफ्नो मेहनतमा परिवार, आफन्तको साथ मिलेमा नतिजा छिट्टै आउने पाईजाको भनाई छ ।

उहाँँले विदेशमा कमाई भएपनि अभावको चाङ धेरै रहेको बताउँदै परिवारसँगै बसेर नागरिकको सेवा गर्न पाउनु नै आत्मसम्मान र सन्तुष्टी रहेको बताउनुभयो । उहाँले अहिले विदेशमै रहेका साथीहरूले समेत प्रगतिको शुभकामना दिने गरेको बताउनुभयो । निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिने गरिएकाले पनि अहिले बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुने गरेको बताउनुभयो ।

लोकसेवाको तयारीमा लाग्दा सफलता मिल्दैन कि भन्दै बैदेशिक रोजगारीमा जाने यूवाहरूलाई मेहनत गरे सफलता मिल्ने बताउनुभयो । ‘आत्मबल कमजोर भए सफलता मिल्दैन, मेहनतसँगै आत्मबल बलियो बनाउनुपर्छ,‘लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ’ पाईजाले भन्नुभयो । उहाँले आफ्नो निजामित यात्रामा माथिल्लो तहसम्म पुग्ने लक्ष्य रहेको बताउनुभयो ।

मेरो लोकसेवा यात्रा
विद्यार्थीकालमै मेरो सपना सरकारी जागिरे थियो । त्यसैले पनि लोकसेवा पढ्ने सोच मेरो दिमागमा भएपनि बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भयो । जापानमा पनि मैले लोकसेवाको सामान्य तयारी कक्षाहरु लिने, अध्ययन गर्ने गरेको थिए । लोकसेवाका किताब मेरो साथमा जापानमा पनि थियो । मैले घरपरिवारलाई पनि लोकसेवाको तयारीमा बारेमा जानकारी दिने गरेको थिए ।

घरपरिवारबाटै मलाई लोकसेवा पढ्न प्रेरणा मिलेको हो । नेपाल फर्किएपछि नियमित सन्तुलित अध्ययनका कारण कानुनी सेवा अन्तरगतको परीक्षामा सहभागिता जनाए अनि पास भए । परीक्षामा सोधिएको प्रश्नले के मागेको छ भन्ने कुरालाई ध्यान दिएर मौलिक तथा तथ्यपरक उत्तर लेख्दा राम्रो हुन्छ । पढेका विषयलाई निरन्तर रूपमा पुनरावलोकन र समय–समयमा स्वमूल्यांकन गर्नुपर्छ भन्ने तयारी कक्षामा प्राप्त गरेको ज्ञानले समेत मलाई सहज भयो ।

यसरी पढेँ
व्यक्तिअनुसार अध्ययन शैली फरक–फरक हुन्छ । कसैले घोकेर, लय मिलाएर त कसैले सूत्र बनाएर सम्झने गर्छन् । मेरो अध्ययनशैली अरूको भन्दा बेग्लै छ । मैले घोकेर र सूत्र बनाएर पढ्न कहिल्यै सकिनँ । तयारी कक्षाका पृष्ठपोषण कक्षाहरूमा सहभागी हुँदा स्वमूल्यांकन गर्ने गर्दछु । परीक्षामा उत्तर लेख्दा परिमाणभन्दा गुणस्तरलाई मध्यनजर गर्नुपर्छ भन्ने सिकेको थिए ।

लामो समय लगातार पढ्न म सक्दिनँ त्यसैले बीच–बीचमा ‘रिफ्रेस’ हुनुपर्छ । मिहिनेत ग¥यो भने असम्भव केही पनि छैन भनेरै नै तयारीमा लाग्नुपर्छ । आफूलाई सहज हुने गरी पढ्नुपर्छ । कसैको बहकाउमा नआएर अध्ययनलाई निरन्तरता दिनुपर्छ । विषयगत अध्ययनलाई फराकिलो बनाएर पढ्न सकेमा उत्तर लेख्दा सहज हुन्छ ।

निःशुल्क तयारी कक्षा
सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो ।

महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो । “म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ”, उनले भने, “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो।”
म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गएको अवस्थामा तयारी कक्षाले बैदेशिक रोजगारीमा संख्या घटाउन सहज भएको क्याम्पस प्रशासनले जनाएको छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP