म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुलाई बिजया दशमी तथा दिपावलीको अवसरमा बेनी आवासीय माविले खेलकुद सामाग्री सहयोग गरेको छ । आन्तरिक खेलकुद प्रतियोगीताका लागि विद्यालयले खेलकुद सप्ताहको अवसरमा विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँ, शैक्षिक कोअर्डिनेटर कृष्ण श्रेष्ठ र लेखापाल विशाल खत्रीले बल, नेट लगायतका खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

विभिन्न मुद्दामा जेल जीवन बिताइरहेकालाई खेलको माध्यमबाट उनीहरूको मानसिक पीडा कम गराउने उद्देश्यले सामग्री प्रदान गरिएको प्रबन्ध निर्देशक बानियाँले बताउनुभयो । विद्यालयले चाडपर्र्व विदा अगाडी खेलकुद गतिविधिसँगै सामाजिक कार्यलाई समेत निरन्तरता दिने जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...