२०८३ असार १
June 15, 2026, Monday

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका-५ किन्दुमा रहेको सुनगाभा युवा क्लवले दसै र तिहार पर्वको अवसरमा आयोजना गरेको मेला र बास्केटबलको फाइबर बोर्डको पनि उद्घाटन भएको छ ।

Advertisement

पोखरेबगर–पाउद्धार सडक अन्तर्गगत अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा निर्माण भएको मोटरेबल पुलको प्रतिनिधीसभाका पुर्व सांसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।

Advertisement

थापाले शिख देखि किन्दु जोड्ने झोलुङ्गे पुलको पनि उद्घाटन गर्नुभयो । घारखोलाको मोटरेबल पुर र शिख–किन्दु झोलुङ्गे पुल थापाको कार्यकालमा निर्माण शुरु भएका थिए । एक वर्षअघि निर्माण सकिएर प्रयोगमा आएको थियो ।

पोखरेबगर देखि नेपाने हुदै पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा संघीय सरकारको रु. तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।

यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलब आठ मिटर लामो झोलुङ्गे पुल पनि संघीय सरकारकै बजेटमा निर्माण भएको हो । एक वर्षअघि निर्माण सकिएको यो पुलले ४५ मिनेटको यात्राअवधिलाई २० मिनेटमा छोट्याएको छ ।

किन्दु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुग्न सजिलो भएको छ । शिख, घिरवाङ र पाउद्धारका बासिन्दा पनि लाभान्वित भएका किन्दुका बासिन्दा रहेका शिख माविका शिक्षक खेम पुनले बताउनुभयो ।

आर्थिक वर्ष २०७८÷०७९ मा अन्नपूर्ण गाउँपालिका मार्फत स्वाँतको खोपा खोलामा रु. ३० लाखको लागतमा निर्माण भएको ६० मिटर लामो झोलुङ्गे पुलको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले उद्घाटन गर्नुभयो ।

यसैगरी सुनगाभा युवा क्लवको बास्केटबल खेलमैदानमा निर्माण भएको फाइबर बोर्डको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । नेकपा एमालेका नेता हरिकृष्ण श्रेष्ठ, खड्ग गिरि लगायतको उपस्थिति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । स्थानीयबासीहरुले गाउँको समस्याका विषयमा जनप्रतिनिधी र नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP