२०८३ जेष्ठ १६
May 30, 2026, Saturday

रघुगंगामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खम्विर) ले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी क्षमताको विकास गराउन प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

Advertisement

्उहाँले विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो । भलिबल, एथलेटिक्स र कबड्डी विद्यातर्फ छात्र र छात्राहरुको १५÷१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५५ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश नगद रु ३५ हजार र २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ ।

Advertisement

अन्य समयमा खेलकुद प्रतियोगिता सञ्चालन गर्दा विद्यार्थीहरुको नियमित पठनपाठनमा प्रभावित पार्ने भएकाले दसैँ र तिहारको विदाको समयलाई उपयोग गरि गाउँपालिकाले पहिलो चौमासिकमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले स्थानीय तह कार्यान्वयनमा आएपछि रघुगंगामा ३६ वटा खेलमैदान निर्माण र ११ वटा खेलमैदान ढलान भएको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेका खेल प्रतिभाको पहिचान गरेर जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा समेत खेल कौसल प्रदर्शन गर्ने अवसर मिल्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, नेपाली काँग्रेसका पालिका समितिका सभापति एवम् वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष झलक आचार्य, राप्रपाका पालिका समितिका अध्यक्ष विश्वविक्रम मल्ल, वडा नम्बर तीनका वडा अध्यक्ष खिमबहादुर शाही लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गाउँपालिकाका लेखा अधिकृत अर्जुन गौतमले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Related News

म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
  • २०८३ जेष्ठ १६, शनिबार ०७:५१

म्याग्दी जेसीजको २८ औ स्थापना दिवसको अवसर पारेर बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।...

धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२८

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा माछा सिकार गरी पितृलाई चढाउने सात सय वर्ष पुरानो...

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३८

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका...

TOP