म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको ‘डान्स धौलागिरी डान्स’ पहिलो सिजनको उपाधी रघुगंगा गाउँपालिका-१ बाँदुककी निशा बुढुजा मगरले हात पारेकी छन् ।
किङ्ग स्टार क्रियसन प्रालिले शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगिताको फाइनल अडिसनमा १७ प्रतिस्पर्धीलाई पछि पार्दै निसाले उपाधी चुमेकी हुन । उनले ५० हजार नगद, ट्रफि, प्रमाणपत्र र एक म्यूजिक भिडियोमा अभियनको अवसर पाएकी छन् ।
प्रकाश माविमा १२ शिक्षा विज्ञान लिएर अध्ययनरत निशा म्याग्दी जिल्लामा हुने विद्यालय तथा खुल्ला नृत्य प्रतियोगितामा समेत दर्जन उपाधी जितेकी छन् ।

प्रतियोगितामा बेनी नगरपालिका–१,रत्नेचौर अभिषेक किसान द्धितिय र तृतिय बागलुङ रामरेखाका नारायण बोहोराले क्रमश ३० हजार, २० हजार नगद हात पारेको किङ्ग स्टार क्रियसन प्रालिका ब्यवस्थापक सुमन खड्काले बताए ।आयोजकले छनौट चरण, दोस्रो चरण र फाईनल चरण सहित भोटिङ प्रणाली पनि सञ्चालन गरेको थियोे । प्रतियोगितामा विजेतालाई बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने पुरस्कार वितरण गदैं प्रतिभा पहिचानसँगै अवसरको वातावरण समेत बनाउनुपर्ने बताइन् ।
‘लुकेका प्रतिभा पहिचानमा प्रतियोगिताले सघाउँछ, सबैको पहुँच पुग्ने गरी प्रतियोगिता सञ्चालन गर्नुपर्छ’ उपप्रमुख लामिछानेले भनिन् । प्रतियोगिताका विभिन्न चरणमा ७० जनाको सहभागिता रहेको थियो भने मुख्य निर्णायक सुवास श्रेष्ठ, रोमन घमाल, सरोज प्रजा र आदिप श्रेष्ठ रहेका थिए ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



