Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

‘डान्स धौलागिरी डान्स’को उपाधी बाँदुककी निशालाई !

म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको ‘डान्स धौलागिरी डान्स’ पहिलो सिजनको उपाधी रघुगंगा गाउँपालिका-१ बाँदुककी निशा बुढुजा मगरले हात पारेकी छन् ।

Advertisement

किङ्ग स्टार क्रियसन प्रालिले शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगिताको फाइनल अडिसनमा १७ प्रतिस्पर्धीलाई पछि पार्दै निसाले उपाधी चुमेकी हुन । उनले ५० हजार नगद, ट्रफि, प्रमाणपत्र र एक म्यूजिक भिडियोमा अभियनको अवसर पाएकी छन् ।

Advertisement

प्रकाश माविमा १२ शिक्षा विज्ञान लिएर अध्ययनरत निशा म्याग्दी जिल्लामा हुने विद्यालय तथा खुल्ला नृत्य प्रतियोगितामा समेत दर्जन उपाधी जितेकी छन् ।

प्रतियोगितामा बेनी नगरपालिका–१,रत्नेचौर अभिषेक किसान द्धितिय र तृतिय बागलुङ रामरेखाका नारायण बोहोराले क्रमश ३० हजार, २० हजार नगद हात पारेको किङ्ग स्टार क्रियसन प्रालिका ब्यवस्थापक सुमन खड्काले बताए ।आयोजकले छनौट चरण, दोस्रो चरण र फाईनल चरण सहित भोटिङ प्रणाली पनि सञ्चालन गरेको थियोे । प्रतियोगितामा विजेतालाई बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने पुरस्कार वितरण गदैं प्रतिभा पहिचानसँगै अवसरको वातावरण समेत बनाउनुपर्ने बताइन् ।

‘लुकेका प्रतिभा पहिचानमा प्रतियोगिताले सघाउँछ, सबैको पहुँच पुग्ने गरी प्रतियोगिता सञ्चालन गर्नुपर्छ’ उपप्रमुख लामिछानेले भनिन् । प्रतियोगिताका विभिन्न चरणमा ७० जनाको सहभागिता रहेको थियो भने मुख्य निर्णायक सुवास श्रेष्ठ, रोमन घमाल, सरोज प्रजा र आदिप श्रेष्ठ रहेका थिए ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!