Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७१ सालमा स्थापना भएको सहकारीमा शेयर पुँजी एक करोड ७० लाख ४१ हजार नौसय, बचत नौ करोड ३५ लाख २७ हजार पाँचसय ६७ र लगानी नौ करोड ८० लाख ४७ हजार ८० रुपैयाँ रहेको छ । साधारणसभामा संस्थाका सचिव अर्जुन पौडेलले प्रगति प्रतिवेदन,कोषाध्यक्ष भीमनाथ शर्माले आर्थिक र लेखा तथा सुपरिवेक्षण समिति संयोजक खोमराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

साधारणसभाको अवसरमा उत्कृष्ट कारोबारतर्फ एरिका शर्मा, दैनिक बचततर्फ धनकुमारी पूर्जा, असल ऋणी धनमाया कार्की, मासिक बचततर्फ तिलु शर्मा र मोबाइल वालेट कारोबारमा जितबहादुर पाईजालाई सम्मान गरिएको प्रबन्धक नेत्रराज सुबेदीले जानकारी दिनुभयो । सहकारीका सदस्यले नियमित डिजिटल माध्यमबाट भुक्तानीलाई प्रोत्साहन सहित सहकारी शिक्षालाई प्राथमिकता दिएको छ । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले सहकारी संघसंस्थाहरु सहकारीको सिद्धान्त, नीतिनियम र मूल्यमान्यता अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो ।

Advertisement

सञ्चालक समिति, कर्मचारी इमान्दार रहेको सहकारीमा समस्या नभएको बताउँदै उपमेयर लामिछानेले बचतकर्ताको रुकम दुरुपयोग गर्ने सञ्चालक कानुनी सजायबाट उम्किन नसक्ने बताउनुभयो । सहकारी संस्थालाई राम्रोसँग सञ्चालन गर्नका लागि शेयर सदस्य,सञ्चालक समिति,कर्मचारी सबैले ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष हरिकृष्ण शर्मा गौतम, अनुगमन उपसमिति सदस्य रुद्रप्रसाद सुवेदी र शेयर सदस्य मोहन बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा उद्घाटनसत्रको कार्यक्रम संस्थाका अध्यक्ष प्रमिला जोशी श्रेष्ठले सहकारीको माध्यमबाट समुदायमा सहयोग तथा बचतकर्ताको सुरक्षा सहित वालेटको प्रयोग गरी घरबाटै आर्थिक कारोबार गर्ने गरी सहकारीले सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

उहाँले बालबालिकादेखि बृद्धबृद्धासम्मलाई सहकारीमैत्री वातावरण बनाउन सफल भएको बताउँदै आगामी दिनमा समेत समाजमा स्थापित सहकारीको रुपमा लैजाने बताउनुभयो । सहकारीकी अध्यक्ष जोशीको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र पौडेलको स्वागत र सचिव अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP