२०८३ असार १
June 15, 2026, Monday

लिटिल गार्डेन एकेडेमीले मनायो २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।

Advertisement

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले निजी विद्यालयहरुले कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई ६ वटाभन्दा धेरै किताब नबोकाउन र ६ पिरियड बढी कक्षा सञ्चालन नगर्न सुझाव दिनुभयो । उहाँले निजी शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार तीनसय रुपैयाँ उपलब्ध गराउनुपर्ने बताउँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

Advertisement

नगर प्रमुख केसीले विद्यालय उमेर समूहका बालबालिकाहरु विभिन्न प्रकृतिका कुलतहरुमा फस्न सक्ने सम्भावना रहेको बताउँदै अभिभावकहरु सबैले आ–आफ्ना बालबालिकाहरुलाई विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर चापागाईँले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लिटिल गार्डेन एकेडेमीले जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै यस कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

बेनी नगरपालिका–८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले २१ वर्षको दौरानमा लिटिल गार्डेनले शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउँदै कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई हप्ताको २ पटक उत्प्रेरणामूलक तथा आध्यात्मिक कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाईजेशन (प्याब्सन) म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले नेपालको समग्र शैक्षिक क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नको लागि निजी विद्यालयहरुले विशेष भूमिका खेलेको स्मरण गर्नुभयो ।

विद्यालयका संस्थापक÷निर्देशक बालकृष्ण सुवेदीले लिटिल गार्डेन एकेडेमीले जिल्लामै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताउँदै यसलाई आगामी दिनमा पनि कायम राख्दै निरन्तरता दिइने बताउनुभयो । उहाँले अभिभावक र विद्यार्थीहरुको चाहनाअनुसार भविष्यमा विद्यालयलाई थप अगाडि बढाउने आफ्नो योजना रहेको सुनाउनुभयो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी, निवर्तमान क्याम्पस प्रमुख गोरखबहादुर जिसी, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष टेकप्रसाद सापकोटा, अभिभावक ठाकुरप्रसाद शर्मा र विद्यार्थी दिक्षा पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा गत शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यालयको तर्फदेखि सहभागी भई उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम हुने विदिशा सुुवेदी, विद्यालयतर्फ द्वितीय सुशान्त सुवेदी र तृतीय प्रज्ज्वल बरुवाललाई दोसल्ला ओढाएर नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई पनि सम्मान गरेको जनाएको छ ।

विद्यालयका प्रिन्सिपल दिपक सुवेदीको अध्यक्षता र शिक्षक प्रेम जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीद्वय प्रशान्त सुवेदी र सुप्रभा केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरुले मौलिक नृत्य र शिक्षक तथा विद्यार्थीहरुले समेत आ–आफ्नो नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP