२०८३ असार १
June 15, 2026, Monday

आठौं म्याग्दी महोत्सवमा स्थानीय उत्पादनलाई निःशुल्क स्टल

म्याग्दीको सदरमुकाम बेनीमा आगामी पुष २८ देखि सुरू हुने आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलामा म्याग्दी जिल्लामा उत्पादन हुने बस्तुको बिक्री र प्रर्दशनीका लागि निःशुल्क स्टल दिइने भएको छ ।

Advertisement

उद्योग वाणिज्य संघ म्याग्दीले शनिबार आयोजित कार्यक्रममा म्याग्दीमा ब्यवसाय गरिररहेका ब्यापारीलाई स्टलमा पहिलो प्राथमिकता दिएको म्याग्दी महोत्सवका मुल संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो।

Advertisement

‘म्याग्दीलाई चिनाउने र उत्पादन भएका बस्तु बिक्रीका लागि स्टल अझै बाँकी छ, हामीले यसपटक सबै प्रकारको ब्यापारमा स्थानीय ब्यापारीलाई नै प्राथमिकता दिएका छौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । म्याग्दीका ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि, हस्तकला लगायत अन्य सामानको बिक्री तथा प्रर्दशनीका साथै पुरस्कारको समेत ब्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यलाई नै केन्द्रित गरी तयारीमा जुटेको महासचिव नारायण घर्ती क्षत्रीले बताउनुभयो।

महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको ब्यापक प्रचार प्रसार गर्ने गरी तयारी भइरहेको र विश्वभर विभिन्न क्षेत्रबाट चिनिएका ब्यक्तीहरुलाई समेत सम्मान गर्ने कार्यक्रमहरु समेत रहेको संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । महोत्सवमा हेलीमार्फत म्याग्दीका पर्यटकीयस्थलसम्मको सयर सहित पर्यटकीय, धार्मिक तथा जिल्लालाई चिनाउने गरी फोटो तथा भिडियो प्रर्दशनी समेत गरिने छ ।

महोत्सवमा खुल्ला लोक तथा दोहोरी गित, गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता,भजन प्रतियोगिता, पुख्र्यौली नाच प्रतियोगिता, म्याग्दी आइडल एकल लोकनृत्य प्रतियोगिता, जातजाति, जनजातिको झाँकी प्रतियोगिता समेत रहेको छ ।

त्यस्तै महिला पुरुष छेलो हान्ने प्रतियोगिता, महिला पुरुष लाठो तान्ने प्रतियोगिता पनि महोत्सवको अवारमा हुने छ । महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको कोषाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । महोत्सवको समयमा म्याग्दी क्षेत्र भित्र १० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । महोत्सव सफल बनाउन ३७ वटा उपसमिति समेत गठन गरिएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP