दैनिक जीवनमा बढ्दो तनाव व्यवस्थापन, शान्ति स्थापना र सकारात्मक सोचको विकासका लागि आध्यात्मिक शिक्षाको आवश्यकता रहेका शनिबार म्याग्दीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
विश्व योग दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीमा आयोजित कार्यक्रममा केन्द्र प्रमुख राजयोगिनी ब्रह्माकुमारी रिना दिदीले योग, ध्यान र तपस्याले आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन तथा द्वन्द्व न्युनीकरण हुने बताउनुभयो ।
योग, ध्यान र तपस्याले आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन तथा द्वन्द्व न्युनीकरण गरी आफ्नो गन्तव्यमा पुग्न, जीवनको यात्रामा सफलतालाई प्राप्त गर्न सकारात्मक बन्नुपर्नेमा जोड दिनुभयो । हरेक दिन आफ्नो नियमित कार्यमा ब्यस्त हुदाँ कम्तिमा २४ घण्टामा १ घण्टा आफ्नो लागि आध्यात्मिकता,ईश्वरसंग सम्बन्ध जोड्नका लागि समय ब्यवस्थापन गर्न सकेमा पनि जीवनमा ठूलो परिवर्तनको शक्तिको महसुस गर्न सकिने केन्द्र प्रमुख रिना दिदीको भनाई थियो ।
सोही अवसरमा पत्रकार महांघ म्याग्दीको नवनिर्वाचित कार्यसमिति र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेललाई बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकार आफ्नो क्षेत्रमा अब्बल हुन योग, ध्यान र आध्यात्मिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बि.स २०६३ सालदेखि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका कार्यक्रमहरुमा सहभागिता जनाइरहेको बताउँदै नयाँ पुस्ताका लागि पनि आध्यात्मिक शिक्षा आवश्यकता रहेको बताउनुभयो । पत्रकार महासंघ म्याग्दीले आध्यात्मिक शिक्षासँग सम्बन्धित कार्यक्रमहरुलाई प्राथमिकता दिने बताउनुभयो ।
सोही अवसरमा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमले केन्द्रको योगसाधना, आध्यात्मिक र ब्यवहारिक ज्ञान प्रदान गर्ने कार्यलाई सघाउन ब्यक्तिगत रुपमा ५ हजार ५ सय सहयोग गर्नुभएको थियो । पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्माले ओमा शान्तिमार्फत भइरहेका कार्यहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका अर्का उपाध्यक्ष अमृतप्रसाद पौडेल बास्कुने, सचिव ठाकुरप्रसाद आचार्य, सहसचिव प्रताप बानियाँ, कोषाध्यक्ष साधन घर्ती र सदस्य राकेश शर्माको समेत उपस्थिती रहेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...