२०८३ असार १
June 15, 2026, Monday

माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा शेरपुञ्जा

नेकपा (माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको तेस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न अधिवेशनले भबिन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

Advertisement

कमिटीको उपाध्यक्षमा नरबहादुर भण्डारी, नारायण सुवेदी र मिना विक, सचिबमा होमबहादुर दर्जी, सहसचिबमा निशा घर्ति खत्री र कोषाध्यक्षमा इश्वर खत्री चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले शुसासन र भष्ट्राचार नियन्त्रणमा चालेको कदमले एमाले र काँग्रेस अताल्लिएर सरकार ढालेको बताउँदै वर्तमान सरकारले जनताको काम गर्ने भन्दा आफ्ना घोटला र अनियमितता ढाकछोपमा लागेको बताउनुभयो ।

Advertisement

उहाँले हालै भएको उपनिर्वाचनले समेत माओवादीप्रति जनताको आसा, भरोसा बढेको देखाएको बताउँदै आगामी निर्वाचनबाट माओवादी पुन जनताको कामका लागि नेतृत्वमा पुग्ने दावि गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले जिल्लामा भौतिक पूर्वाधार विकासमा माओवादी जनप्रतिनिधिहरुको अगुवाईले जनतामा आसा र विकासप्रति भरोसा जागेको बताउनुभयो । उहाँले आफुहरुले गण्डकी प्रदेश सरकारका साथै संघीय सरकारबाट समेत जिल्लामा ठूला विकास निर्माण योजना भित्राउन पहलकदमी लिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसीले माओवादी जनयुद्धको जगमा मुलुकमा संघीय गणतन्त्र स्थापना भएको बताउँदै यस व्यवस्थाभित्र रहेका कमजोरीलाई सुधार गर्दै जनताको लागि उत्तम व्यवस्थाको लागि पनि माओवादीकै नेतृत्व आबश्यक रहने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका इन्चार्ज रिम कटुवाल र प्रदेश कमिटी सदस्य ज्योति लामिछानेले परिवर्तन, विकास र शुसासनको सम्बाहक नै माओवादी रहेकोमा जोड दिनुभयो । पालिका कमिटीका निवर्तमान अध्यक्ष हरि भण्डारीको अध्यक्षता, मिना विकको स्वागत र भविन्द्र शेरपुञ्जाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP