२०८३ असार १
June 15, 2026, Monday

विविध कार्यक्रमसहित प्रकाश माविले ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले मङ्गलवार ७२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको प्राङ्गणमा एक समारोहबीच विविध कार्यक्रमहरुको आयोजना गरेर प्रकाश माविले ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

Advertisement

स्थापना भएको ७२ वर्ष पुगेको अवसरमा विद्यालयद्वारा प्रकाशित प्रकाशपुञ्जको विमोचन गर्नुका साथै उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावक तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयलार्इृ स्वर्ण, रजत र कास्यपदक दिलाउने विजेता विद्यार्थी खेलाडीहरुलाई सम्मान गरिएको छ ।

Advertisement

कार्यक्रममा गएको मंसिरमा सम्पन्न नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जिताउनुका साथै विभिन्न विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने ५३ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । यसैगरी गत शैक्षिक सत्रमा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजासहित जिल्ला टप गर्ने विद्यार्थी सन्दीप नेपालीलाई नगद पाँचहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको थियो भने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजासहित जिल्ला प्रथम सुधन घिमिरेका पिता भोलानाथ घिमिरेलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

त्यस्तै दिर्घसेवी सम्मानतर्फ शिक्षक मुक्तिनाथ पौडेल, उत्कृष्ट शिक्षकहरु शिवप्रसाद शर्मा, गोरखनाथ सुवेदी, अमृता थापा, शोभाकुमारी शर्मा पौडेल र उत्कृष्ट कर्मचारीतर्फ सह–लेखापाल ईन्द्रकुमारी प्रधान श्रेष्ठलाई जनही नगद तीनहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । कबड्डी खेलतर्फ प्रशिक्षक कुमार तामाङ, उत्कृष्ट अभिभावक मनकुमारी नेपाली, उत्कृष्ट विद्यार्थीत्रय निशा बुदजा, सदिक्षा सुवेदी र सुचना पुनलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा अनिवार्य अवकाश प्राप्त विद्यालयको शिक्षक सानुहरि जोशीलाई विदाई समेत गरिएको थियो ।
वार्षिकोत्सव समारोहको उद्घाटन तथा प्रकाशपुञ्जको विमोचन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लामा प्रकाश माविले शैक्षिक क्रियाकलापसँगै खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्दै गैरहेको बताउनुभयो । उहाँले विद्यालयहरुले शिक्षण सिकाइ क्रियाकलापको साथसाथै अतिरिक्त क्रियाकलापहरुमा पनि ध्यान दिन आवश्यक रहेको बताउँदै शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा नियमित जस्तो भैरहेका खेलकुदजन्य गतिविधिहरुले विद्यार्थीको पढाइमा समेत अवरोध पु¥याउने हुँदा यसलाई शैक्षिक क्यालेण्डरअनुसार सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख उपसचिव हेमचन्द्र पौडेलले विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरुबीच मर्च गरी गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सहयोग गरिएको बताउँदै यस कार्यमा सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । वार्षिकोत्सवको अवसरमा २०५२ सालको एसएलसी व्याज बेनी नगरपालिका–६, निवासी (हाल अमेरिका)बाट हिमाल पौडेलले सोही व्याजको साथी सृजना श्रेष्ठको समन्वयमा व्यक्तिगत नगद ५० हजार रुपैयाँ विद्यालयलाई सहयोग उपलब्ध गराउनुभएको थियो ।

कार्यक्रममा विद्यालयका अभिभावक तथा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरे, भूतपूर्व विद्यार्थी एवं बेनी नगरपालिका ७ नम्बर वडाका पूर्व वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराम गौतमले मन्तव्य व्यक्त गर्दै विद्यालयले हालसम्म गरेका प्रगतिलाई काम राख्दै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

वार्षिकोत्सव तथा अभिभावक भेलामा प्रधानाध्यापक लेखबहादुर हमालले विद्यालयको समग्र शैक्षिक, आर्थिक र विभिन्न गतिविधिसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सहायक प्रअद्वय विनय श्रेष्ठको सञ्चालन र टेकप्रसाद सुवेदीको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न आकर्षक नृत्यहरु देखाएका थिए ।

विद्यालयले यसअघि सोमबार आयोजना गरेको विज्ञान सामग्री प्रदर्शनीमा प्रथम बेनी सेकेण्डरी बोर्डिङ स्कुल, द्वितीय न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, तृतीय आयोजक प्रकाश मावि र सान्त्वना जामुनाखर्क माविलाई क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र १५ सय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP