२०८३ भाद्र ९
August 25, 2026, Tuesday

न्यू धौलागिरि सहकारीको २५औं वार्षिक साधारणसभा

न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधवार २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भएको सहकारीमा गत वर्षसम्म शेयर पुँजी आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ र लगानी ६० करोड ८९ लाख ३९ हजार एकसय ७९ रुपैयाँ रहेको छ ।

Advertisement

साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेश पोखराका राजिष्टार भेषराज रिजालले सहकारी संघसंस्थाहरुमा बन्ने लेखा तथा सुपरिवेक्षण समितिले सहकारीको आलोचना गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले शेयर सदस्यहरुले सहकारी संस्थालाई जीवन्त राख्नको लागि पर्याप्त समय दिनुपर्ने, सहकारीलाई आवश्यक सहयोग गर्नुका साथे अनुगमन र निरीक्षण गर्नुपर्ने बताउनुभयो ।

सहकारी रजिष्टार रिजालले सहकारी संस्थाले ऋण लगानी गर्दा उद्देश्यमूलक कामको लागि मात्रै ऋण प्रवाह गर्नुपर्ने बताउँदै व्यक्तिलाई लगानी गर्दा उसले ऋण तिर्न सक्छ वा सक्दैन समग्र पक्षको अध्ययन गरेर लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै प्रक्रिया पुरा गरेर मात्र ऋण लगानी गर्नुपर्ने बताउँदै सहकारीको सिद्धान्त र नीतिनियम अनुसार शेयर सदस्यहरुलाई मात्रै ऋण लगानी गर्नुपर्ने बताउनुभयो । सहकारी संघसंस्थाले व्याजलाई साँवामा रुपान्तरण गर्न नपाउने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा सहकारी रजिष्टार कार्यालयका सहकारी अधिकृत सुर्यप्रसाद आचार्यले सहकारीको माध्यमबाट शेयर सदस्यहरुको क्षमताको विकास गर्नुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र शेयर सदस्यहरुको आर्थिक–सामाजिक हैसियत कायम गर्नु सहकारीको मूल मर्म रहेकोमा जोड दिनुभयो ।

उहाँले अहिले नेपालका सहकारी संघसंस्थाहरु सहकारीको सिद्धान्त र नियमअनुसार सञ्चालन हुन नसक्दा समस्या आएको बताउँदै अधिकांश सहकारीहरुमा आन्तरिक समस्याको कारणले सञ्चालनमा कठिनाई उत्पन्न भएको बताउनुभयो ।

साधारणसभाको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसको स्नानकोत्तर तहमा अध्ययनरत विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार पाँचसय रुपैयाँसहित पुरस्कृत गरिएको थियो । यसैगरी उत्कृष्ट कार्यसम्पादन गर्ने मुना सेवा केन्द्रका प्रमुख दिप्सन भण्डारी र मल्लाज सेवा केन्द्रका प्रमुख मानबहादुर क्षत्रीलाई उत्कृष्ट सेवा केन्द्र प्रमुखको रुपमा दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट कर्मचारी सुमन थापामगर तथा उत्कृष्ट सेवा केन्द्रतर्फ मल्लाज सेवा केन्द्रलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभामा सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन, सचिव चन्द्रकुमार केसीले प्रगति र कोषाध्यक्ष बमबहादुर पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष लिलाबहादुर बानियाँ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रामजीप्रसाद सुवेदीको स्वागत र सचिव चन्द्रकुमार केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP