२०८३ बैशाख १९
May 2, 2026, Saturday

अनेमसंघ बेनी नगरमा शाही, आन्दोलनमा अनेमसंघको भूमिका महत्वपूर्ण

नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको दोस्रो सम्मेलन सोमबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले कृष्णकुसुम चन्द शाहीको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघको बेनी नगरपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । सम्मेलनबाट कमिटीको उपाध्यक्षमा सुन्तली जिसी खड्का, सचिवमा शारदा राना, सहसचिवमा पुष्पा थापा र कोषाध्यक्षमा साधना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

Advertisement

यसैगरी संघको नगर कमिटी सदस्यहरुमा निर्मला सापकोटा, लक्ष्मी सापकोटा, रेखा कुँवर, सुन्तली केसी, लक्ष्मी खत्री, अस्मिता श्रेष्ठ, माया दर्जी, रस्मिता मिजार र जानकी शर्मा निर्वाचित हुनुभएको अनेमसंघ बेनी नगरपालिका कमिटीले जनाएको छ । सम्मेलनको उद्घाटन गर्दै अनेमसंघका केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

Advertisement

पूर्वमन्त्री समेत रहनुभएकी सचिव पुनले आमाको नामबाट नागरिकता दिलाउने अधिकार तथा राज्यका हरेक क्षेत्र र निकायमा ३३ प्रतिशत महिलाको सहभागिता अनेमसंघको पहलमा स्थापित भएको दावी गर्नुभयो । उहाँले आफू मन्त्री रहँदा महिलाहरुको पक्षमा विभिन्न रचनात्मक र आत्मनिर्भर बनाउन आवश्यक नीति एवं कार्यक्रमहरु ल्याएको बताउनुभयो । म्याग्दी जिल्लामा उज्यालो वैकल्पिक विद्यालयको अवधारणा ल्याएर विद्यालय उमेर समूहमा पढ्नबाट बञ्चितीमा परेकाहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याएको उहाँको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले एमालेले महिलाहरुलाई अगाडि बढाउन आवश्यक नीति तथा कार्यक्रमहरु तर्जुमा गरेको बताउनुभयो । एमाले गण्डकी प्रदेश सदस्य एवं बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले महिलालक्षित विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिँदै पालिकामार्फत सञ्चालित कार्यक्रमहरुको सदुपयोग गर्न महिलाहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्यद्वय खरमाया बिटालु र सिर्जना केसीले आर्थिक, राजनीतिक तथा सामाजिक हक तथा अधिकारको लागि महिलाहरु आफै अगाडि बढ्नुपर्ने बताउँदै एमाले पार्टीले महिलाहरुको उत्थानका लागि थुप्रै कामहरु गरेको बताउनुभयो । कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, सचिव थमसरा पुन, नगर कमिटी अध्यक्ष बेलबहादुर कटुवाल र अनेमसंघ म्याग्दीका अध्यक्ष यशुदा रोकाले मन्तव्य व्यक्त गर्दै एमाले पार्टीलाई जनताको नजरमा स्थापित गराउने कार्यमा अनेमसंघको भूमिका विशेष रहेको चर्चा गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटनसत्र अनेमसंघ बेनी नगर कमिटीको निवर्तमान अध्यक्ष मिना राम्जालीको अध्यक्षता, उपाध्यक्ष कृष्णकुसुम चन्द शाहीको स्वागत र सचिव शारदा रानाको सञ्चालनमा सम्पन्न भएको थियो । सम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व जिल्ला सदरमुकाम बेनीमा ¥याली निकालिएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ पुष १६, मंगलवार ०३:११

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ पुष १६, मंगलवार ०३:११

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ पुष १६, मंगलवार ०३:११

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP